नेपालको उड्ययन क्षेत्र अझै कालोसूचीमा, कसरी सफल होला ‘भिजिट नेपाल २०२०’ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2018 | 01:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक विकासको एउटा मेरुदण्ड पर्यटन उद्योग पनि हो । नेपाल पर्यटन उद्योगको सम्भावना भएको मुलुक हो । यहाँको पर्यटकीय गन्तव्यलाई सुदृढ गराउदै लैजान सके आत्मनिर्भर अर्थतन्त्रले फड्को मार्न सक्छ । त्यसैले पर्यटन प्रवद्र्धनलाई नेपालले प्राथमिकता भित्र राखेको छ । विभिन्न कारणले नेपाल पर्यटनको आकर्षण केन्द्रको रूपमा रहेको छ ।  एकसिँगे गैँडा र पाटेबाघ सहितको निकुञ्ज, ऐतिहासिक मठ, मन्दिर र गुम्बाहरू, अग्ला हिमाल र पर्वतारोहणजस्ता कुराले पर्यटकलाई नेपालप्रति आकर्षित गरेको छ । अर्कोतिर बढ्दो प्रविधिको प्रयोगले पनि यसमा प्रभाव पारेको छ । 

विश्वका विभिन्न सञ्चारमाध्यमले विश्वका सबैजसो देशको पर्यटनको विषयमा अध्ययन गरेका छन् । वर्षेनी विभिन्न सञ्चारगृहहरुले पर्यटकीय गन्तव्य र घुम्न लायक देशहरुको नाम पनि सार्वजनिक गर्ने गरेका छन् । यसरी सार्वजनिक हुने नाममा विश्वका नघुमी नहुने गन्तव्यको मुलुकहरुको सूचिमा नेपालको नाम कहिल्यै छुटेको छैन । बरु नेपालको नाम सवैभन्दा अगाडी नै आउँछ । यसो हुँदाहुँदै पनि पर्यटन क्षेत्रबाट नेपालले लिनसक्ने जति लाभ लिन सकेको छैन । संख्याका हिसाबमा नेपाल आउने पर्यटकको संख्या केही बढेको भएपनि नेपालको कुल ग्राहस्थ उत्पादनमा अपेक्षाकृत योगदान पनि पर्यटन क्षेत्रले दिन सकेको छैन । यसका पछाडि थुप्रै चुनौतीहरु छन् । 

नेपालमा अहिले अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । २८ वटा विमान अन्तराष्ट्रिय कम्पनीले उडान भर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमताले अहिलेको यात्रु प्रवाहलाई थेग्न सकेको छैन । भएका विमान उडान गर्न सक्ने जनशक्तिकै अभाव छ । जनशक्ति अभाव भएरै सगरमाथा नामक नेपाल वायु सेवा निगमको विमान ग्राउण्डेड छ । सयौँको सङ्ख्यामा आन्तरिक उडान हुने विमानस्थलको रनवे एउटै छ । दैनिक जसो अवतरणको क्रममा विमानस्थलमा जाम हुँदा कयौँ विमान आकाशमा नै होल्ड गर्नु पर्ने बाधयता छ । अर्कोतिर निजगढ अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेको लामो समय भइसकेको छ । 

नेपालको यात्रा अपेक्षाकृतभन्दा महँगो छ । राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त विमान नभएको फाइदा अन्य विमान कम्पनीले उठाइरहेका छन् । नेपाल एयरलाइन्सको उडान नभएका ठाँउबाट नेपाल आउन बढी भाडा तिर्नुपर्ने बाध्यता छ ।  अहिले १६ देखि २० हजारको बढीमा आवतजावत गर्न सकिने काठमाडौँ दिल्लीको भाडा नेपाल एयरलाइन्सको विमानको उडान स्थगित भएको बेला ४६ हजारसम्म तिर्नु पर्ने बाध्यता छ ।  निगमले विमान थपेर उडान गन्तव्य बढाउन सक्छ, त्यति नै सस्तो यात्रा हुन जान्छ । यस विषयमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले पनि वायु सेवाको निगमको जहाजमा गरिएको लगानी वर्यटन क्षेत्रमा गरिएको लगानी पनि भनेका छन् । तर जनशक्तिको अभाव देखाउँदै भएका उडान रद्द गर्दै आएको निगले धेरै विमान किनेर अन्तराष्ट्रिय उडानका गन्तव्य बढाउँछ भनेर विश्वास गर्ने ठाउँ छैन । 

अहिले नेपाल वायुुसेवा निगमले भारतका दिल्ली, बैंगलोर र मुम्बईमा उडान सञ्चालन गरेको छ ।  नेपालले अब मुम्बईका व्यवसायी पर्यटक र बैंगलोरका धार्मिक पर्यटक तान्न सक्नुपर्छ । भारतको उत्तर प्रदेश सरकारले मानसरोवर यात्रामा जान चाहने आफ्ना नागरिकलाई प्रतिव्यक्ति एक लाख भारु अनुदान दिने घोषणा गरेको छ । भारतबाट मानसरोवर जान नेपालको बाटो सजिलो मानिन्छ । त्यसैले पर्यक बढ्न थालेको यो मौकालाई पनि सदुपयोग गर्न सक्नुपर्छ । अहिले नेपालगञ्ज, हुम्ला हँुदै मानसरोवर जानेको सङ्ख्या उल्लेखनीय छ । 

नेपालको उड्ययन क्षेत्र अझै कालोसूचीमा 

युरोपियन युनियनले नेपालको उड्डयन क्षेत्रलाई लगाएको कालो सूची अहिलेसम्म हटेको छैन । सुरक्षाका हिसाबले चूनौतीपूर्ण मानिने देशहरुका अन्तराष्ट्रिय विमानस्थललाई युरोपियन युनियनले सेक्युरिटी कन्सर्न लिस्टमा राख्ने गरेको छ । कालोसूचि पछि युरोपियन कम्पनीका उडान (टर्की बाहेक) नेपालमा हुन पाएको छैन । नेपाली विमान कम्पनी पनि युरोपियन देशहरुमा उडान गर्न पाएका छैनन् । 

यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय कालो सूचीबाट हटाउने प्रयास भईरहेको बताउँछन् । उनका अनुसार युरोपियन युनियनले नेपालको उड्ययन क्षेत्रलाई सेक्युरीटि कन्सर्न लिस्टमा राखेपछि सरकार हटाउने पहल गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणले यस सम्बन्धि काम गरिरहेको उनले जानकारी दिए । 

कसरी सफल होला भिजिट नेपाल २०२० ?

सरकारले सन् २०२० लाई भिजिट नेपालका रुपमा मनाउने घोषणा गरको छ । त्यन्जिेलसम्म नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर अभियानलाई घोषणा गरेपनि सरकारले विमानस्थललाई कालोसूचिबाट हटाउन खासै पहल गरेको जस्तो देखिँदैन । यदि नेपालको समग्र उड्ययन क्षेत्र नै युरोपियन युनियनले कालोसूचीको लिस्टमा राखेपछि नेपालको भिजिट नेपाल २०२० अभियान सफल हुनेमा शंका उब्जिएको छ । 

कुनै पनि क्षेत्र जोखिमका हिसाबमा शून्य हुँदैन । पर्यटन क्षेत्रमा पनि केही चूनौती छन्, तर यो विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved