कार्यकारी अध्यक्ष बनाउने गरी निगम सञ्चालक समितिमा मदन खरेल नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 10:03:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल बायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको संचालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। 

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई निगमको सदस्यमा नियुक्त गरिएको हो। निगमको कार्यकारी अध्यक्ष बनाउने योजना अनुसार खरेललाई सदस्यमा नियुक्त गरिएको बताइएको छ।

निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। मन्त्री अधिकारिले मन्त्रालयका सचिब कृष्ण प्रसाद देबकोटालाई हटाएर उनको ठाउँमा खरेललाई सदस्यमा ल्याएका हुन। 

खरेल अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। तर कार्यकाल पुरा नगरी खरेल निगमबाट बाहिरीएपछी सरकारले कंशाकारलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। कशांकारको कार्यकाल अझै दश महिना बाँकी छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved