'पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कर्मचारी सञ्चय कोष हुनु पर्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 05:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ ।

कोषको स्रोतमा रु दुई खर्ब ९२ अर्ब ६३ करोड जम्मा भएको आज आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । आर्थिक वर्ष २०७४÷७५ मा रु दुई अर्ब ५२ करोड आम्दानी भएको छ । रकमबाट सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा रु तीन अर्ब २० करोड खुद मुनाफा भएको छ । मुनाफा रकम सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा र मुनाफा वितरणको माध्यमबाट उपयोग गरिने कोषले जनाएको छ । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताए । “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उनले भने । 


कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved