कर्मचारी सञ्चय कोष पूँजी बजारको प्रमुख खेलाडी बन्नुपर्छ : अर्थमन्त्री खतिवडा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 06:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सरकारको नीति अनुसार कर्मचारी आवासको लागि काम गर्न आग्रह गरेका छन् । सञ्चयकोष ५७ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्रीस् खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेकोले सामाजिक सुरक्षाका कार्यक्रम गर्नुपर्ने बताए । उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने पनि बताए । 

कार्यक्रममा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने बताए । उनले कोषको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । 

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार २०१९ भदौ ३१ मा स्थापना भएको कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । कोषले विभिन्न जलविद्युत कम्पनीहरुः माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी पनि गरेको छ । नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण दिएको कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको पनि सुरु गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved