बायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 10:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल बायुसेवा निगमको संचालक समितिको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ। सरकारले खरेललाई भदौ १६ गते मन्त्रिपरिषद्को बैठकबाट सदस्यमा नियुक्त गरेको तेस्रो दिनमा नै निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। 

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई निगमको सदस्यमा नियुक्त गरिएको थियो। निगमको कार्यकारी अध्यक्ष बनाउने योजना अनुसार खरेललाई सदस्यमा नियुक्त गरिएकोबारे बिजपाटी डटकमले शुक्रबार नै "कार्यकारी अध्यक्ष बनाउने गरी निगम सञ्चालक समितिमा मदन खरेल नियुक्त" शिर्षकमा समाचार लेखेको थियो। 

मन्त्री अधिकारिले मन्त्रालयका सचिब कृष्ण प्रसाद देबकोटालाई हटाएर उनको ठाउँमा खरेललाई सदस्यमा ल्याएका हुन। निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ।  

खरेल अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। तर कार्यकाल पुरा नगरी खरेल निगमबाट बाहिरीएपछी सरकारले कंशाकारलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। कशांकारको कार्यकाल अझै दश महिना बाँकी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved