‘एडभेन्चर डेस्टिनेसन अवार्ड–२०१८’ नेपाललाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 11:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले ‘एडभेन्चर डेस्टिनेसन अवार्ड–२०१८’ पाएको छ । भारतको मुम्बईमा आयोजित साउथ एसिया ट्राभल्स अवार्ड (साटा) कार्यक्रममा नेपालले उक्त अवार्ड पाएको हो । एडभेन्चर विधामा नेपाल उत्कृष्ट गन्तव्य भएको भन्दै सो अवार्ड दिइएको हो । 

भारतका लागि माल्दिभ्सका राजदूत अमद मोहमदले साटा नेपालका उपाध्यक्ष रजत सरावगीलाई अवार्ड प्रदान गरे । साटा अवार्ड प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पर्यटकीय विधामा प्रस्तुति दिइएको थियो । नेपालको तर्फबाट सरावगीले प्रस्तुति दिएका थिए । 

अवार्ड पाएसँगै नेपालमा पर्यटक बढ्ने विश्वास लिईएको छ । 

दक्षिण एसियाका पर्यटकीय होटललाई व्यवस्थित र अन्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि साटा अवार्ड आयोजना हुँदै आएका छ । साउथ एसिया ट्राभल अवार्ड कमिटीका अध्यक्ष स्माइल हमिदले दक्षिण एसियाको आर्थिक क्रान्ति र समृद्धि पर्यटन क्षेत्रबाटै सम्भव भएको भन्दै अवार्ड पाएपछि नेपालको पर्यटकीय क्षेत्रको विषयमा साटा अवार्डले सकारात्मक भूमिका खेल्ने बताए । 

नेपालका १० वटा होटलहरुले पनि विभिन्न विधामा अवार्ड पाएका छन् । 

साटा अवार्डको आगामी संस्करण नेपालमा हुनेछ । नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ मा नेपालमा उक्त अवार्ड आयोजना हुने साटा कमिटीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved