यति एयरलाइन्सको तेस्रो एटिआर जहाज आउँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 19, 2018 | 03:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा प्रदायक यति एयरलाइन्सले एटिआर जहाज ल्याएको छ । आन्तरिक उडान गर्दै आएको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर ७२–५०० सिरिजको जहाज ल्याएको हो । यतिले ल्याएको यो तेस्रो जहाज हो । यो जहाजको नेपाली दर्ता नम्बर (कलसाइन) ‘नाइएन–एएलएन’ रहेको छ ।

विराटनगर, भैरहवा जस्ता मुख्य गन्तव्यमा उडान गर्न एयरलायन्सले जहाज थप गर्न लागेको एयरलाइन्सका मिडिया म्यानेजर भिमराज राइले जानकारी दिए । 

यसअघि नै यही सिरिजका २ जहाज ल्याएयर उडाइरहेको एयरलाइन्सले थप जहाजको लागि सरकारी निकायबाट अनुमति पाइसकेको र यही अगष्टभित्रै काठमाडौं ल्याइपु¥याउने जनाएको छ । 

एयरलाइन्ससँग अब ६ वटा जेटस्ट्रिम र ३ एटिआर भएका छन् । यतिले भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, भरतपुर, भैरहवा र नेपालगंज उडान गर्दै आएको छ । यतिको भगिन संस्था तारा एयरले तुम्लिङटार र लुक्लामा पनि उडान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved