दराजको पहिलो सेलर समिट नेपालमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 19, 2018 | 06:25:50 PM मा प्रकाशित

laxmi  sunrise bank

दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । समिटले दराजमार्फत हुने व्यवसायमा दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ । 

दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत गर्ने भएको छ । सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो । 

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि तीन तहको अवधारणाल्याउन लागिएको बताए । 

पहिलो तहमा बिक्रेतहरुलाई वस्तु तथा सेवा बिक्री गर्न दराजले विशेष रणनीति अख्तियार गर्नेछ । दोस्रो तहमा बिक्रेताहरुलाई रणनीति अनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्था गर्ने दराजले जनाएको छ । तेस्रो तहमा व्यवसायलाई परिष्कृत र लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रकृयालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिने छ । 

दराज ग्रुपका प्रमुख कार्यकारी मिकल्सनले दराजका कारण मात्र नभई बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने बताए । 

नबिल बैंकले दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने उदघोष गरेका हुन् ।

आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो विभन्न अफरहरु सहित ११ : ११ सेल सञ्चालन गर्दैछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved