तामझामका साथ सुरु भएको ‘रारा पर्यटन वर्ष’ को ५ महिना : न योजना, न तथ्यांक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 12:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली आफैँमा प्रकृतिको एक अनुपम बरदान हो । त्यही प्रचुर सम्भावनालाई प्रयोग गर्ने भन्दै कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गर्यो । ५ लाख पर्यटक भित्र्याउने महत्वकांक्षी घोषणाले एकपटक नेपालको पर्यटन क्षेत्र नै खुशीले जुर्मरायो । पर्यटन व्यवासायीले यो घोषणाको स्वागत पनि गरे । 

अर्को कुरा के पनि थियो भने प्रधानमन्त्री केपी शर्मा ओली आफै कर्णालीको रारा किनारमा पुगेका बेला यो घोषणा भएको थियो । नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्न रारा तालको किनारमा पुगेका प्रधानमन्त्रीको अगाडी तामझामका साथ भएको यो घोषणा ५ महिना वितिसक्दा पनि बामे सर्न सकेको छैन । 

कर्णाली समृद्धिको आधार स् पर्यटन र पुर्वाधारू मुल नारा सहित घोषणा भएको ‘कर्णाली–रारा पर्यटन वर्ष’ को लक्ष्य थियो–एक वर्षमा ५ लाख पर्यटक भित्र्याउने । घोषणाको ५ महिना बित्यो । तर हालसम्म पनि कर्णालीमा कति पर्यटक भित्रिए भन्ने लेखाजोखा छैन । यस विषयमा सरोकार राख्ने सरोकारवालाहरु योजना महत्वकांक्षी भएपनि कार्यान्वयन पक्ष एकदमै फितलो भएको बताउँछन् । प्रधानमन्त्री आफै गएर सुरु गरेको, त्यसमाथि प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको भनेको पर्यटन वर्ष केवल घोषणामै सीमित बनेको छ । हालसम्म प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने कुनै विशेष योजना समेत बनाएको छैन । प्रदेशको पर्यटन मन्त्रालय यस विषयमा केही बौल्नै चाहादैन । 

कर्णाली प्रदेश सरकारले यो घोषणा पछि भएका सबै कार्यक्रममा बरु आर्थिक सहयोग मनग्य गरेको पाईएको छ । यस विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरु नै सरकारले नाँचगान, मठमन्दिरमा हुने मेलामा खर्च गरेको तर पर्यटन वर्षलाई सफल बनाउन कुनै योजना ल्याउन नसकेको आरोप लगाउँछन् । 

मन्त्रालयको मूल गेटबाहिर र धुलियाबिटमा होर्डिङबोर्ड राख्ने बाहेकको कुनै काम भएको छैन । रारासम्म पुग्नलाई सडक सुधारका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र हवाई विस्तारका लागि विभिन्न विमान कम्पनीहरूसँग छलफल भइरहेको बताइएपनि कामले कहिलेबाट गति लिन्छ भन्नेमा सबै मौन छन् । 

सडक मार्गबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै तथा हवाई सेवामार्फत नेपालगन्जबाट मात्र मुगुको ताल्चा विमानस्थल हुँदै रारा पुग्न सकिन्छ । सुर्खेतबाट ताल्चा हवाई सम्पर्कमा जोडिन सकेको छैन । ‘न सडक भरपर्दो छ, न हवाई सेवा छ’ रारा हिडेका पर्यटकहरु यसो भन्छन् अचेल । 

कर्णाली प्रदेशमा पर्यटन क्षेत्र हेर्ने कुनै कार्यालय छैन । कार्यदल नहुादा काम गर्न असजिलो भएको मन्त्रालयले बताएको छ । जनशक्ति बिना नै सरकारले अभियान सुरु गर्दा अभियान सफल हुन नसकेको मन्त्रालयका अधिकारीहरुको तर्क छ । यसअघि मध्यपश्चिम क्षेत्र हेर्ने पर्यटन कार्यालयसमेत नेपालगन्जमै छ । संघीय सरकारले उक्त कार्यालयलाई कर्णालीमा सार्न पहल नगरेको प्रदेश मन्त्रालयको गुनासो छ । बजेट खर्च गर्ने अधिकार पाएको तर कसका नाममा निकासा दिने अझै अन्यौल रहेको कर्णली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवराम अधिकारी बताउँछन् । 

 ‘नेपालगन्जको पर्यटन कार्यालय कर्णाली प्रदेशमा सारेको भए कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्थ्यो’ उनले भने, ‘बजेट खर्च गर्न अख्तियारी पाइसक्यौं, कसका नाउँमा निकासा पठाउने समस्या नै छ ।’ 

तर मन्त्रालयले तत्कालका लागी भू तथा जलाधार व्यवस्थापन कार्यालय र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयमा पर्यटन शाखा स्थापना गर्ने खाका तयार पारेको छ । यो प्रस्ताव मुख्यमन्त्री कार्यालयले स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको जनाएको छ । सुर्खेत र जुम्लामा जलाधार व्यवस्थापन र बाँकी जिल्लामा डिभिजन वन कार्यालयअन्तर्गत पर्यटन शाखामार्फत चालु आवको कार्यक्रम सञ्चालन गर्ने तयारी छ  । 

प्रधानमन्त्री गएर पर्यटन वर्ष सुरु गर्नु अगाडी नै कर्णाली प्रदेशका १० वटै जिल्लाका समन्वय समितिका प्रमुखको नेतृत्वमा कर्णाली–रारा पर्यटन वर्षको सचिवालय गठन गरिएको थियो । तर अहिले ती समिति पनि जनशक्ति र बजेट अभावको कारण देखाउँदै निष्क्रिय प्रायः छन । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा राराको बृहत् गुरुयोजना बनाउने योजना बनाएको छ । साइक्लिङ र पैदल मार्गका लागि ३ करोड र पर्यटन प्रर्वद्धनका लागि २ करोड बजेट छुटयाएको छ  । प्रदेशले चालु आर्थिक वर्षमा ९८ करोड बजेट पर्यटन क्षेत्रमै विनियोजन गरेको छ । जुन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल बजेटमध्ये ५३ प्रतिशत हो । 

तथ्यांक छैन

वैशाखदेखि असार मसान्तसम्म ८ हजार पर्यटकले रारा भ्रमण गरेको तथ्यांक छ । गत वर्ष साउनदेखि चैतसम्म १२ हजार र यस वर्षको वैशाखदेखि असारसम्म ८ हजार पर्यटकले रारा अवलोकन गरेको तथ्यांकमा छ । यो तथ्याङ्क पनि रारा राष्ट्रिय निकुञ्जको हो । 

त्यसो त अभियानकै प्रभावले कति पर्यटक आए भन्ने तथ्यांक छैन । यसले गर्दा अभियान कति उपलब्धि मूलक बन्दै छ र पर्यटक आगमनले प्रदेशलाई हुने आर्थिक लाभको लेखाजोखा हुन सकेको छैन  । कर्णालीका अन्य पर्यटकीय स्थलहरूमा पनि तथ्यांक व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा पर्यटकबाट प्रवेश शुल्कबापत राजस्व संकलन शून्य छ ।

सुर्खेतका काँक्रेविहार र बुलबुले ताल अवलोकन गर्नेका लागि भने टिकटको व्यवस्था गरिएको छ । यहाँ पनि टिकटको व्यवस्थित अभिलेख नहुँदा तथ्यांक विश्लेषण गर्न समस्या छ । रारालाई केन्द्रमा राखिए पनि कतिले रारा अवलोकन गरे भन्नेबारे तथ्यांक नहुनु प्रदेश सरकारको मात्रै नभई संघिय सरकारको लागी पनि लाजमर्दो विषय हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved