राजधानीको भृकुटीमण्डपमा फर्निसिङ एक्स्पो सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 05:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको भृकुटीमण्डपमा छैठौं फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचर जन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएको गुनासो गरे । कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदिन सरकारसँग आग्रह गरे । 

एक्स्पोको आयोजक संस्थाका अध्यक्ष राजेशकुमार अग्रवालले आफुहरु अन्तराष्ट्रिय स्तरको उत्पादन तयार गर्न सक्ने दाबी गरे । राज्यको असहयोगकका कारण यो क्षेत्रले अपेक्षित गति लिन नसकेको उनको भनाई छ । 

५ दिनसम्म चल्ने एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका १ सय बढी फर्निचरहरुको प्रदर्शनी हुनेछ । एक्स्पोमा स्टक क्लियरेन्सका साथै दशैँ अफरमा पनि सामानहरु विक्रि हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved