सर्टिफिकेट धितो राखेर आजैदेखी ऋण, कहाँबाट र कसरी लिने ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2018 | 12:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार गरेपछि आज (आइतबार) देखि नै लागू भएको हो । 

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाईनेछ । 

पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा : यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्नेछन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्ने प्रावधान छ । 

शिक्षित यूवा स्वरोजगार कर्जाको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ । ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ । कर्जा लिनको लागी आवेदन दिँदा त्यसको प्रमाणपत्र पनि पेस गर्नुपर्छ । 

दोस्रो, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा : माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ । 

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र र प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि अविनार्य राख्नु पर्नेछ । 

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ । त्यसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । यदि कुनै एक जनाले लिएको ऋणमा बैंकले १४ प्रतिशत व्यजाद तोक्यो भने त्यसको ५ प्रतिशत सरकारले र ९ प्रतिशत ऋणी आफैले तिर्नुपर्नेछ । 

यसअघि :

सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने कार्यविधि पारित, यस्ता छन् शर्त 

मङ्सिरदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved