सरकारी संस्थानहरूले आजदेखि ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छन् । स)स्थानहरुले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुने छन् । सुपथ मूल्य पसलको संयोजन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको छ भने साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि सहभागीता जनाएका छन् । बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ मूल्य पसल सञ्चालन गरिएको विभागले जनाएको छ ।
साथै घुम्ती पसल समेत सञ्चलन गरिने विभागले जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार सरकारी संस्थान मात्रै नभई विभागमा दर्ता सहकारी पसलहरूले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता जनाउने छन ।
सुपथ मूल्यमा सहभागी हुने संस्थानका सामग्री र मूल्यसूची :
साल्ट ट्रेडिङ कर्पोरेशन:
साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकामा ९ स्थानमा स्टल सञ्चालन गर्ने छ। त्यस्तै ३ वटा घुम्ती पसलहरुबाट नुन, चिनी बिक्री वितरण गर्ने छ । उपत्काबाहिर भने आफ्नो डिपो तथा कार्यलय रहेको २४ स्थानबाट सामानहरु बिक्री वितरण गर्ने कर्पोरेशनले जनाएको छ । नुनमा २ रुपैंया छुटसहित १८ रुपैंया प्रतिकेजीमा वितरण गर्ने छ ।
त्यस्तै चिनीमा पनि ५ रुपैंया छुटसहित बिक्री वितरण गर्ने जनाए पनि चिनी खरिद प्रक्रियामा रहेकाले अहिले मूल्य निर्धारण भएको छैन । त्यस्तै साल्ट ट्रेडिङले तेल चामल लगायतका वस्तुमा पनि छुटसहित विक्री गर्ने जनाकारी गराएको छ ।
नेपाल खाद्य संस्थान:
खाद्य संस्थानले पनि उपत्यकाका सुपथ मूल्य पसलको स्टलमा आफ्नो सहभागिता जनाउने छ। देशभर रहेको आफ्ना गोदम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ ।
संस्थानले सोना मन्सुली चामल ४५ रुपैयाँ, जिरा मसिनो चामल ६० रुपैयाँ रहेकोमा ५ रुपैयाँ छुटमा बिक्री वितरण गर्ने छ। बास्मती चामल ९१ रुपैंया १० छुट, गोरखनाथ चामल ४८ मा ५ छुटसहित बिक्री जर्ने जनाएको छ ।
त्यस्तै जापानिज चामल ८० मा ५ रुपैंया छुट, जुम्ली सिमी १ सय ३० मा १० छुट, जुम्लाको तिते फापर ८० मा १० रुपैंया छुट गरि बिक्री गर्ने खाद्य संस्थानले बाणिज्य विभागलाई जानकारी दिएको छ ।
संस्थानले खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ। घटस्थापनादेखि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ ।
दुग्ध विकास संस्थान:
दुग्ध विकास संस्थानले उपत्कामा सञ्चालन हुने सुपथ मूल्य पसल र देशभर रहेको आफ्नो कार्यालयबाट आफ्ना उपत्पादन सहुलियत मुल्यमा बिक्री वितरण गर्ने छ । संस्थानले चाडबाड लक्षित सहुलियत अनुसार घ्यू प्रतिलिटर ९ सय रुपैंया रहेकोमा ५०, पनीर ६ सय २० मा २० रुपैंया छुटसहित बिक्री वितरण गर्ने छ ।
त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज , लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्नेछ ।
सहकारी पसल:
सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन् । घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ । त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ । चिनी भ्याट बाहेक ५७ रुपैंयामा उपलब्ध गराउने छ। मसला प्रतिकेजी २० रुपैयाँ छुटसहित उपलब्ध गराइने बताइएको छ ।
सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुङ्गलमा संचालन हुने छन् ।