उद्योग वाणिज्य महासंघ अध्यक्ष राणा र नेपालका लागि फ्रान्सका राजदूत लेजेबीच भेटवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 03, 2018 | 06:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच दुई देशको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार र आर्थिक सहकार्यका विषयमा छलफल भएको छ । 

अध्यक्ष राणाले दुई देश बीचको आर्थिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका धेरै क्षेत्रहरू भएकाले आर्थिक कुटनीतिमा जोड दिइन । उनले नेपालमा कृषि, पर्यटन, उर्जा, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीको सम्भावना धेरै रहेको जानकारी पनि गराइन । 

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन व्यवसायिक प्रतिनिधिमण्डलकै बीचमा छलफल हुनुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved