यस कारण भारतीय शेयरबजारमा पहिरो, २ दिनमा लगानीकर्ताको ७९ खर्ब स्वाहा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 10:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर बजार किन उकालो लाग्छ र किन ओरालो लाग्छ भन्ने कुरा जान्न कुनै बिज्ञ वा अनुभवीका लागि असम्भब त नहोला तर सहज कुनै हालतमा छैन। भनिन्छ, बजारको गतिको लागि जति भूमिका यसका आधारभूत पक्षको हुन्छ त्यो भन्दा पनि बढी महत्त्वपूर्ण भूमिका पब्लिक सेन्टिमेन्टको हुने गर्छ। 

भारतीय सेयर बजारमा विदेशका संस्थागत लगानीकर्ताको ठुलो हिस्सा छ। उनीहरुले कुनै नोक्सानीको छनक पाउनेबित्तिकै आफ्नो सेयर बिक्रि गरि स्वदेश फर्किन कुनै समय नै लाग्दैन। तर भारतीय सेयर बजारमा पछिल्ला दिनमा आएको गिरावटले त्यहाँका लगानीकर्ता ठुलो मारमा परेका छन। २९ अगस्टमा आफ्नो ५२ हप्ताकै उच्च बिन्दुमा पुगेको भारतीय सेयर बजारमा अहिले तिब्र गिरावट आएको छ। 

बुधवार र बिहिबार भारतीय शेयर बजार परिसूचक बिएसईमा भारी गिरावट आएको छ । बिएसई सेंनसेक्स बुधबार ५ सय ५० अंकले घटेकोमा बिहिबार त्यो भन्दा पनि बढी ८ सय ६ अंकले घटेको छ। भारतीय लगानीकर्ताले यी २ दिनमा ५ लाख करोड भारतीय रुपैयाँ गुमाएका छन् । जुन ७९ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ बराबरको हो । 

बजार सुरु हुनु भन्दा अगाडी १४५.४३ लाख करोड रहेको २ दिनको कारोबारपछि बजार पुजिकरण घटेर १४०.३९ लाख करोड मै सिमित भएको हो ।

विश्लेषकहरु भारतको शेयर बजारमा पहिरो आउनुको कारण कच्चा तेलको मूल्य बढ्नु, डलरको तुलनामा भारतीय रुपिया थप कमजोर हुनु, महंगी बढ्ने खारा रहनु र लगानीकर्ताको मनोबल घट्नुलाई मुख्य कारणको रुपमा विश्लेषण गरेका छन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७० डलर प्रति ब्यारल रहने अनुमान गरिएकोकोमा त्यो बढेर ७६ डलर पुगेको छ । तेल महँगो हुनासाथ उत्पादनको लागत बढ्ने र समग्र महंगी दर बढ्ने चिन्ता भारतीय अर्थतन्त्रमा रहेको विश्लेषक बताउछन् ।

महंगी बढेपछि त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढाउने तर्फ पनि अर्थविद जानकार छन् । विश्लेषकका अनुसार केन्द्रीय बैंकले ०.२५ प्रतिशतसम्म ब्याजदर बढाउन सक्ने छ । 

उता भारतीय रुपीया कमजोर हुने क्रम रोकिएको छैन । बिहिबार एक डलर बराबर ७३.७७ भारतीय रुपियाँ दर कायम भएको थियो । जुन इतिहास कै कमजोर हो । बिदेशी संस्थागत लगानीकर्ताहरुले शेयर बेचेर निस्कने क्रम बढेकोले अर्को समस्या थपिदिएको छ । सेप्टम्बरमा २३ अर्बको शेयर बेचेकोमा अक्टोबरको ४ दिनमा मात्र उनीहरुले साढे ४ अर्बको शेयर बेचेका छन् । नयाँ दिली स्थिति एक रिसर्च एजेन्सीमा आवद्द आसिफ़ इक़बालका अनुसार उनीहरुले खर्वौ रकम निकाली सकेका छन् । उनका अनुसार भारत जस्तो बढ्दै गरेको अर्थतन्त्रमा नाफा त् राम्रो छ तर जोखिम पनि उत्तिकै छ । 

अर्का विश्लेषक सुनील सिन्हाका अनुसार घट्दै गरेको रुपियालाई सम्हाल्न अब भारतसंग धेरै बिकल्प छैन । बजार बन्द हुनु अगाडी लगानीकर्ताको मनोबल उकास्न अर्थ मन्त्री अरुण जेटलीले डिजेल र पेट्रोलमा सरकारले डेढ रुपिया एक्साइज़ ड्यूटी कम गर्ने घोषणा गरे । त्यस्तै तेल कम्पनीले पनि एक रुपियाँ घटाउनु पर्ने घोषणा गरे । जसले गर्दा डिजेल र प्तेरोलको मूल्यमा कुल २ रुपिया ५० पैसा कम भयो । विश्लेषक सिन्हा सरकारले तेलको मूल्य नियन्त्र गर्न सक्ने बेलामा कुनै कदम नलिएको तर अब सरकारी नियन्त्र बाहिर गएपछिको कदमले खसिया असर नगर्ने बताउछन् । 

सरकारले चालु बर्षको व्यपार घाटा ३.३ प्रतिशतमा राख्ने लक्ष्य लिएको भएपनी घट्दो रुपियाँका कारण यसमा सरकार सफल हुनेमा आशंका देखिएको छ । पछिल्लो समय बैंकिंग क्षेत्रले थप समस्या देखिएको छ । खासगरी सरकारी बैंकमा एकपछि अर्को घोटाला हुनु र यिनीहरुले ठुलो मात्र ऋण उठाउन नसक्नुले पनि चिन्ता बढेको हो । 

(एजेन्सीको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved