दशैँका लागी मात्रै ३० करोडको फलफूल ल्याईदै, आन्तरिक उत्पादनले किन धान्न सक्दैन माग ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 12:45:18 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंका लागि ३० करोड मूल्य बराबरको फलफूल आयात हुँदैछ । आन्तरिक उत्पादनले देशको माग धान्न नसकेपछि अन्य मुलुकबाट फलफूल आयत गर्नुपरेको छ । अन्य समयको तुलनामा दशैंमा फलफूलको माग दोब्बर हुन्छ । 

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात गर्ने व्यवसायीले तयारी थालेका छन् । नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाका अनुसार नेपालमै उत्पादन हुने स्याउले बजार मागको १० प्रतिशत मुस्किलले धान्न सक्छ । बाँकी ९० प्रतिशत पूर्ति गर्न आयात गर्नुको विकल्प नभएको उनको भनाई छ । ‘दशैंमा स्याउको माग दोब्बरले बढ्छ, चीनबाट दैनिक ५०÷६० वटा गाडीमा १५० टन स्याउ भित्रिरहेको छ, दशभरमा चाइनाबाट मात्रै ६०० कन्टेनर स्याउ भित्रिन्छ’ उनले भने । भारतबाट स्याउको आयात भने कम हुने गरेको छ । 

नेपालमा उत्पादन हुने केराले माग धान्न सक्दैन । यसवर्ष भारतबाट केरा गर्ने तयारीमा लागिसकेका छन् व्यवसायीहरु । नेपालमा खपत हुने मध्ये ६० प्रतिशत केरा भारतबाट नै आयात गरिन्छ । दशैंका लागि ५०÷६० टन केरा भारतबाट आउने गर्छ । ‘हाम्रो उत्पादनले ४० प्रतिशत माग धान्छ, ३÷४ करोडको केरा भारतबाट नल्याई माग धान्न सकिँदैन’ सापकोटाले भने । 

व्यवसायीका अनुसार दशैँको बेलामा मात्रै २ हजार टनको हाराहारीमा नेपालमा फलफूल भित्रिन्छ । स्याउ र केराबाहेक सुन्तला, अंगूर लगायत फलफूल पनि विदेशबाटै आयात हुन्छ । 

यसरी आयातको परिणामलाई हेर्दा मूलुकले वर्षेनी ठूलो रकम बाहिर पठाउनु परेको छ । फलफूल खेतीका प्रयास भएपनि निर्यात त परको कुरा, आन्तरिक माग धान्न सक्नेगरी समेत उत्पादन भएको छैन । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार वर्षभरिमा फलफूल आयातको परिमाण हेर्दा ७ अर्ब बराबरको नेपाली रुपैयाँ बाहिरिने गरेको छ । 

वर्षेनी करोडौँको सामान आयात गर्नुपरेपछि फलफूल खेती लगायत कृषिमा सरकारले गरेको लगानी बालुवामा पानी सरह भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved