भैरहवा नाकामा भारतको दादागिरी, सवारीसाधनको १५ किलोमिटरसम्म लामो लाइन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 10:01:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको पुर्वसन्ध्यामा भैरहवा नाका हुँदा नेपाल छिर्ने मालबाहक ट्रक तथा कन्टेनरले सास्ती भोग्नुपरेको छ। भारतीय पक्षले समयमै जांचपास नगर्दा नेपाल प्रवेश गर्ने क्रममा रहेका सवारीसाधनको १५ किलोमिटरसम्म लामो लाइन थाग्न थालेको छ। 

सो नाकाबाट जांचपास प्रकृया पुरा गर्न एउटा ट्रक तथा कन्टेनरले ५ दिनसम्म पालो कुर्नु परेकाले मध्यरातको १२ बजेसम्म सवारीसाधनलाई नेपाल प्रवेश गराइएको राजश्व सचिब शिशिर ढुंगानाले बताए। '१५ किलोमिटरसम्मको लाइन भएकाले १२ बजे रातिसम्म भन्सार खुला राखेर नेपालमा सवारी साधन प्रवेश गराइएको छ' ढुंगानाले भने। 

नेपाली भूमिका पर्याप्त पार्किङ नभएकाले क तथा कन्टेनर समयमै प्रवेश गराउन कठिन अवस्था रहेको जानकारी दिए। भैरहवामा एकीकृत जाँच चौकी निर्माणको प्रक्रियामा केही ढिलाई भएकाले त्यहाँ पार्किङ र गोदामको समस्या भएको ढुंगानाले बताए।  यसको व्यवस्थापन गर्न आइसिपी  विभिन्न चरणमा भारतीय पक्षसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए। भैरहवा नाकामा समस्या भएकाले सरकारले त्यहाँ पार्किङ र गोदामको डिजाइन परिवर्तन गरि काम अगाडी बढाएको ढुंगानाले बताए। 

सामान्य अवस्थामा भैरहवाबाट ४ सयदेखि ५ सय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेपनि चाडपर्वले चाप बढेको बेला एकैदिन ६ सयवटासम्म ट्रक आएको भन्सार कार्यालयले जानकारी दिएको छ। 

भारतीय पक्षले सीमावर्ती क्षेत्रमा जाँचपास प्रक्रियाका लागि बिभिन्न बहानाबाजी गरेकाले जांचपासमा ढिलाई भएको भैरहवा भन्सारको गुनासो छ। भारतीय पक्षले पूर्वाधार नभएको, इन्टरनेट तथा विद्युतका पर्याप्त नभएको जस्ता बहाना बनाएर जाँचपासमा ढिलाई गर्ने गरेको भैरहवा नाकाको अधिकारिहरुको गुनासो छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved