१३ करोड नतिरी एयर एशिया फरार

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 26, 2018 | 03:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको निजी अन्तराष्ट्रिय वायुसेवा कम्पनी एअर एसिया एक्सले १३ करोड रुपैयाँ बक्यौता नतिरी नेपाल छाडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले एक महिनाअघि एयर एसियालाई कूल बक्यौताको १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने एअर एसियाको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि एअर एसियाले ७ करोड १४ लाख रुपैयाँ तिरे पनि बाँकी १३ करोड भने नतिरी गत असोज २७ बाट नेपाल उडान बन्द गरेको हो । 

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले काठमाडौंस्थित मलेसियाली दूतावासले बक्यौता रकम उठाउन सघाउने बताएपछि विमानलाई फिर्ता जान दिईएको बताए । यति समयभित्र उठाउन सहयोग गर्छौ भन्ने नखुलाएपनि दुतावासले पत्र नै पठाएपछि एअर एसियाको विमानलाई फिर्ता जान दिईएको उनको भनाई छ । 

एअर एसियाले यात्रुसँग उठाएको सेवा शुल्क, विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र पार्किङ शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क लगायतको शुल्क २ वर्षदेखी तिरेको छैन । 

बक्यौता रकम नतिरेपछि विमानस्थलले एक छानविन समिति नै बनाएको थियो । समितिको निर्देशनपछि विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरीसबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।

त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसियाको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्सलाई पनि पत्र पठाएको थियो । तर त्यस पत्रको टुर्सले कुनै जवाफ दिएन । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि दूतावासले बक्यौता रकम उठाउन सघाउने बताएको जानकारी दिए । “नेपाल छाड्ने अघिल्लो दिन एसियाको जहाजलाई डेढ घन्टा रोक्यौ, यो कुरा मलेसियास्थित उसको मुख्यालय हुँदै यहाँको दूतावाससम्म आइपुग्यो र दूतावासले पत्र पठाएपछि फिर्ता जान अनुमति दियौं” महाप्रबन्धक क्षेत्रीले भने ।

क्षेत्रीले एअर एसियाले तिर्नुपर्ने पैसा नतिरेको भन्दै दुतावासले तिर्न बाध्य बनाउने  भनेपछि जहाँज फिर्ता पठाएको र अब दुतावासमा ताकेता गर्ने बताए । काठमाडौँस्थित मलेसियाको दुतावासले एअर एसियाले तिर्नुपर्ने बक्यौता रकम उठाईदिने भन्दै पत्र पठाएपछि विमानस्थलले जहाँज फिर्ता जान दिएको थियो । 

३ सयभन्दा बढी सिट क्षमता भएको ‘ए ३३०’ सिरिजको ‘वाइड बडी’ जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसिया एक्सले घाटा भएको भन्दै उडान बन्द गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved