तिहारमा ९ करोडको फूल कारोबार, आयात घट्यो, निर्यात कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 30, 2018 | 11:59:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीले मनाउने महत्वपूर्ण चाड मध्येको एउटा चाड दिपावली (तिहार) नजिकिएको छ । तिहार फुलको धेरै प्रयोग हुने चाड हो । तर नेपालमा आवश्यक पर्ने फुल उत्पादन हुन नसक्दा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । 

गत आर्थिक वर्षमा मात्रै नेपालमा ११ करोडको फुल आयात भएको थियो । आयातको तुलनामा निर्यात भने निकै कम छ । कुल आयातको २१.५४ प्रतिशत अर्थात् २ करोड ३७ लाखको मात्रै निर्यात भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले नेपालमा पुष्प व्यवसायको निकै सम्भावना भएपनि चुनौति धेरै भएका कारण आत्मनिर्भर हुन नसकिएको बताए । तर मखमली र गोदावरीको फूलमा भने नेपाल आत्मनिर्भर भईसकेको छ । तिहारमा सयपत्रीको माला धेरै खपत हुने भएकाले आत्मनिर्भर हुन नसकेको तामाङले बताए । 

समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा छ । गतवर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ । असोजदेखी पानी नपर्नु र तिहार कात्र्तिकको तेस्रो सातामा पुग्नुले पनि यसवर्ष फुलको उत्पादनमा वृद्धि भएको छ । तिहार पछि धकेलिएपछि सबै फुल फुल्न भ्याएका छन् । 

एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तामाङका अनुसार यसवर्षको तिहारमा मात्रै ९ करोड बराबरको फुलको कारोबार हुनेछ । यसमध्ये २० प्रतिशत आयात हुनेछ । ९ करोडको कारोबारमा २० प्रतिशत आयत हुन्छ भन्नुको मतलब १ करोड ८० लाखको माला विदेशबाट ल्याईनेछ । गतवर्ष पनि तिहारमा ९ करोडको कारोबार भएकोमा ३० प्रतिशत आयात गरिएको थियो । यसको अर्थ २ करोड ७० लाखको माला आयात गरिएको थियो । 

यसवर्ष सयपत्री माला १५ लाख र सयपत्री, गोदावरी र मखमली गरेर २२ लाख माला खपत हुने एसोसियसनको आँकलन छ । त्यसमध्ये सयपत्रीका २० प्रतिशत माला भारतबाट आयात हुनछ भने गोदावरी र मखमलीका १०० प्रतिशत माला यही उत्पादन हुन्छन् । नेपालले २ लाख मखमलीका माला विदेश निर्यात समेत गर्दैछ । नेपालीहरु कामको शिलसिलामा गएका मुलुकहरु युरोप, अमेरिका र खाडीका देशहरुमा निर्यात गरिने उपाध्यक्ष तामाङले जानकारी दिएका छन् । 

एसोसियसनका अनुसार देशभरमा १५५ हेक्टर क्षेत्रफलमा फुलको व्यवसायीक खेती हुँदै आएको छ । ४३ हजार सयभन्दा बढी व्यक्ति संलग्न रहेको पुष्प व्यवसायबाट गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड ७२ लाखको कारोबार भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved