विदेशिने नेपालीको संख्या घट्दापनि रेमिटेन्स बढ्दो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 04:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट बैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या घटेपनि रेमिटेन्स भने बढेको छ  । विदेशिने नेपालीको संख्या ४१ प्रतिशतले घटेपनि नेपाल भित्रिने रेमिटेन्स भने ३३ प्रतिशतले बढेको छ  ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा  रेमिटेन्स अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३३.४ प्रतिशतले वृद्धि भई रु.१५४ अर्ब २० करोड पुगेको छ । जबकि गत बर्षको तुलनामा यस अवधिमा विदेशिने नेपालीको संख्या ४१ प्रतिशतले घटेको छ  ।

 अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई रु.१७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved