नेपाल ३५ अर्ब नोक्सानीमा!

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 05:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकको शोधान्तर घाटा उच्च दरले बढेको छ । चालु आर्थिक बर्षको २ महिनामा चालू खाता घाटा विस्तार भई रु.३५ अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९ अर्ब ७४ करोड रहेको थियो । 

चाडपर्वको लागि वस्तु आयातमा भएको उच्च वृद्धिका कारण  चालू खाता घाटा बढेको राष्ट्र बैंकले जनाएको छ ।  अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर घाटा रु.२५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.५ अर्ब ८७ करोड रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.२ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.१ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.१ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १० करोड रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved