उखु किसानलाई पैसा नदिने उद्योगी अग्रवालको पक्राउप्रति महासंघको आपत्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 07:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघले उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

बक्यौता रकम तिर्न लगाउने राज्यसंग अनेकन विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सिधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा त्यसले जनतामा जाने  संदेशबारे सोच्न महासंघले सरकारलाई आग्रह गरेको छ। 

लगानीको वातावरण निर्माण सहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा समेत पहल भैरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपुर्याउने हुँदा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसारनै सरकार अगाडी बढ्नुपर्नेमा जोड दिएको महासंघको भनाई छ।  

प्रहरीले इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक अग्रवाललाई आज काठमाडौँको त्रिपुरेश्वरबाट पक्रिएको हो। उनको दुईवटा मिलले उखु किसानलाई करिब ४७ करोड नतिरेकाले पक्राउ गरिएको हो। 

काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाका अनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अग्रवाललाई प्रक्राउ गरिएको हो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved