गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 05:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी राजधानीमा सुरु भएको छ । ललितपूरको जावलाखेल खेल मैदानमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उदघाटन गरे । 

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपाललेले जनाएको छ । तिहार र छठलाई लक्षित गरी गोदावरी पुष्प मेला आयोजना गरिएको हो । 

“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नारा सहित सुरु भएको प्रदर्शनीमा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । 

३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने आँकलन गरिएको मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved