कतार च्यारिटीको सहयोगमा तराईमा व्यवसायिक सहयोग परियोजना संचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 10:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार च्यारिटीले तराईका बिपन्न परिवारको आयआर्जन तथा आर्थिक स्रोत वृद्धिको सहयोगका लागि व्यवसायिक सहयोग परियोजना संचालन गरेको छ। अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था च्यारिटीको सहयोगमा आरडीसी नेपालको आयोजनामा उक्त परियोजना संचालन गरिएको हो। 

यस परियोजना अन्तर्गत रौतहट जिल्लाका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरिएको छ। 

प्रत्येक परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको बस्तु तथा सामान, दुई महिनाको पसलको भाडा र व्यवसायिक बिकासका लागि तालिम र परामर्श सेवा दिईएको कतार च्यारीटी नेपालका कार्यक्रम व्यवस्थापक सेख ईर्शादले बिजपाटीलाई जानकारी दिए।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।

कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर अब्दुल अजिजले गरिब तथा जोखिममा परेका बिभिन्न समुदायका परिवारलाई सहयोग गर्न कतार सरकार सधैं तयार रहेको बताए। 'नेपालको बिकास निर्माण देखि लिएर शैक्षिक क्षेत्रमा सहयोग गर्न सधैं तयार छौं, यो सुरुवात मात्र हो, आगामी दिनमा जीविकोपार्जनलाई उकास्ने यस किसिममा कार्यक्रमहरुलाई निरन्तरता दिन्छौं' उनले भने। 

अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।     












Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved