पप्पु कन्स्ट्रक्सन कारवाहिमा , नयाँ टेन्डर हाल्न नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 11:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई सार्बजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने निर्णय गरेको हो  ।

बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाएको थियो। सोहि अनुसार सरकारले कालोसुची सम्बन्धि कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाएको हो । 

निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधन अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकोले यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved