फेरी सर्‍यो मेलम्चीको भाका, सांसदले खोजे पानी काठमाडौं आउने आधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 10:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौंमा मेलम्चीको पानी ल्याउने भाखा फेरी सारेको छ। काठमाडौंका बासिन्दाले नयाँ बर्षको सुरुवातमा नै मेलम्चीको पानी पाउने भाखालाई  खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिन पछाडी धकेलेका छन। 

विकास तथा प्रविधि समिति समक्ष प्रगति सुनाउदै सचिब ६० दिनमा मेलम्चीको पानी काठमाडौं ल्याइपुर्‍याइ छाड्ने दाबीसहित भाका सारेका हुन। यसअघि खानेपानी मन्त्री बीना मगरले दशैँअघि नै काठमाडौंमा मेलम्चीको पानी आउने दाबी गरेकी थिइन। 

यसअघि मेलम्चीको पानी ल्याउने अन्तिम मिति ०७५ को दसैँ लाई तोकिएको थियो। उक्त समय घट्किएपछि पुन: ६० दिन पछाडी सारिएको हो। ०५५ सालदेखि आरम्भ भएको मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने प्रतिबद्दता पटक पटक गरि पछाडी सारिएको छ। 

मेलम्ची खानेपानी आयोजनाले ०७५ को दसैँसम्म आइपुग्दा पाँच पटक मिति सारिसकेको छ। यसअघि ०७० को असोजको पहिलो हप्ता (५ असोज)को मिति तय गरिएको थियो। त्यसपछि पानी ल्याउने मितिलाई तीन वर्षपछि धकेल्दै ०७३ को दसैँ पुर्‍याइयो । त्यो भाखा पुरा नभएपछि  सरकारले ०७४ को नयाँ वर्षको नयाँ मिति पस्कियो। 

गत फागुनमा केपी ओलीको नेतृत्वमा सरकार गठन भएयता तीन पटक भाका सरेपछि काठमाडौंबासी मात्र नभइ सांसदहरू नै वाक्क भएका छन। समितिको बैठकमा असन्तुष्टि पोख्दै पुर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले अबको दुईमहिना अर्थात् पाँच मार्चमा मेलम्ची काठमाडौं आउँछ भन्ने आधारबारे प्रश्न गरे। जवाफमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved