१० किलोमिटर सडक विस्तार गर्न साढे पाँच वर्ष, अझै आधा दर्जन बढी काम बाँकि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 03:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ठेकेदार कम्पनीले कोटेश्वर–कलंकी सडकखण्ड विस्तारको काम सकेको छ । चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले साढे पाँच वर्ष लगाएर चक्रपथको कोटेश्वर–कलंकी सडक खण्ड विस्तार गरेको छ । साढे १० किलोमिटर सडकखण्ड चीनको अनुदानमा निर्माण गरिएको हो । 

चार लेको चक्रपथलाई आठ लेमा विस्तार गरिएको हो । सडक विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ खर्च भएको थियो । चिनियाँ कम्पनीले सडक विस्तारसँगै कलंकी खण्डमा आठ सय मिटर लामो अन्डरपास पनि निर्माण गरेको छ । काठमाडौं उपत्यकामा भित्रिने अधिकाम्स सवारी कलंकी भएर छिर्ने गर्छन् । सो खण्डमा सवारीको चाम अधिक भएकाले त्यसलाई न्युनिकरण गर्नका लागि अन्डरपास निर्माण गरिएको हो । चक्रपथमा गुड्ने गाडीहरु अण्डरपासबाट गुड्ने छन् भने नागढुङ्गा र कालीमाटी भएर आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या चक्रपथमा गुड्ने गाडीहरु अण्डरपासबाट गुड्ने छन् भने नागढुङ्गा र कालीमाटी भएर आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या न्युनिकरण गरिरहेको छ । अन्डसपास निर्माण हुन अघि यस क्षेत्रमा घन्टौं सवारी जाम हुने गरेको थियो । पदैल यात्रुका लागि तीन वटा आकाशे पुल पनि निर्माण भइसकेको छ । 

चिनियाँ पक्षले चक्रपथ निर्माणको काम सकेपनि नेपाली पक्षको काम भने बाँकी छ । ट्राफिक लाइट, जेब्रा क्रसिङ, आकाशेपुल, बस स्टप, सर्भिस लेन नेपाल आफैले बनाउनुपर्नेछ । पैदल यात्रुका लागि सुरक्षित रुपमा सडक पार गर्न करिब एक किलोमिटरको दुरुमा आकासे पुल निर्माण गरिनेछ । चीनले तीन वटा आकासे पुल निर्माण गरिसकेको छ । चक्रपथ निर्माण सम्पन्न हुनु अघि नै आकासे पुल बनाउन खोजेको थियो । तर, ठेकेदार कम्पनीले निर्माण अघि डिजाइनमा छेडछाड नगर्न नेपाली पक्षलाई अनुरोध गरेको थियो । नेपालको स्वमित्वमा सडक आए पछि मात्र थप आकासे पुल निर्माण गर्नेगरी नेपाली पक्ष पछि हटेको थियो । 

चक्रपथको दायाँ र बायाँ नेपाली पक्षले सर्भिस लेन निर्माण गर्नुपर्ने छ । दायाँ र बायाँ सर्भिसलेन ६÷६ लेनको छ । करिब साढे सात किलोमिटर सर्भिस लेनको ठेक्का लाग्न बाँकी छ । सरकारले समयमै रकम उपलब्ध नगराएको सर्भिसलेनको ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन् । चक्रपथको डिजाइनमा सडक छेउमा तीन मिटरको हरियाली क्षेत्र बनाउने भनिएको छ । त्यहाँ कस्तो किसिमको रुख रोप्ने भन्ने अहिलेसम्म निक्र्योल भइसकेको छैनन् । 

यस्तै सडक सुरक्षा सम्बन्धी काम पनि नेपाली पक्षबाटै हुनुपर्ने छ । नेपालकै केही सिमित सडकमध्येको उत्कृष्ट सडक मध्येमा रहेको चक्रपथमा यात्रीले सडक पार गर्न सास्ती व्यहोर्नुपरेको छ । ट्राफिक लाइट नभएका कारण चोकमा सवारी दुर्घना निम्तिने खतरा छ । यस्तै पैदल यात्रीका लागि आवश्यक जेव्राक्रस पनि छैनन् । सडक सुरक्षको अध्ययन कार्य हुन बाँकी छ । 

सरकारले कोटेश्वर–कलंकी सडकखण्ड पनि दोस्रो चरणको सडक विस्तारको तयारी पनि सुरु गरिनेछ । दोस्रो चरणको सडक विस्तार कार्य अन्तर्गत कलंकीदेखि नारायणगोपाल चोकसम्मको विस्तार गरिनेछ । उक्त सडक विस्ताका लागि आवश्यक विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) चीनले निर्माण गरिरहेको छ । डीपीआर निर्माण भइसकेका पछि उक्त खण्ड विस्तारको काम अघि बढ्नेछ । दोस्रो चरणको कामको जिम्मेवारी पनि चिनियाँ कम्पनीले नै पाउने सम्भावना छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved