महासंघले चिनिया व्यवसायीलाई भन्यो- 'सबैभन्दा उपयुक्त समय हो, नेपालमा लगानी बढाउनुहोस'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 11:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चिनिया व्यवसायीबीच आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी बिस्तार र बैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्त्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसंगको भेटमा उक्त बिषयमा छलफल भएको हो।  

उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पारे। नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको समेत उनले बताए।  

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उनले बताए।

उपाध्यक्ष ढकालले  नेपालमा लगानी, पुंजी, प्रविधि भित्रयाउ“दा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार भएकोप्रति चिनिया टोलिलाई बिश्वास दिलाए। सन् २०१९ को मार्चमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनिया“ पक्षलाई आमन्त्रण समेत गरे। 

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरिएको छ। उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिए।   

सो अवसरमा चिनिया“ पक्षबाट हुपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पू“जी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरे। प्रतिनिधिमण्डलका नेता एवं हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पारे। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved