सडक बनेको ५ बर्ष भित्रै भत्किए वा बिग्रिए ठेकेदारले मर्मत गर्नु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 08:38:38 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

नेपालका धेरै जस्तो सडकहरु ठेकेदारको लापरबाहीका कारण बनाउने वित्तिकै भत्किने गरेका धेरै उदाहरण छन् । सडक निर्माण गर्ने जिम्मा मात्र ठेकेदारले बनाउने भएकाले त्यस्तो समस्या आउने गर्छ । सडक निर्माण पछि ठेकेदारको दायित्व सकिने भएकाले निर्माणमा हेलचेक्याई गर्ने गर्छन् । त्यसैले धेरै जस्तो सडक बनेको केही समयमै खाल्टाखुल्टी, पिच उपक्निे लगायतका समस्या देखिने गर्छ । सरकारले विस्तार गर्न लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटबल खण्डमा भने सडक भत्किएमा वा बिग्रिएमा त्यसको भागिदार स्वयम ठेदारले लिनुपर्नेछ । 

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले नारायणगढ–बुटबल सडक खण्ड निर्माण गर्ने कम्पनीलाई सडक भत्किए मर्मत सम्भार गर्नुपर्ने सर्तमा ठेक्का लगाएको छ । यो सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । सडक निर्माणका लागि जारि गरिएको बोलपत्रमा सडक बनाउने कम्पनीले नै पाँच बर्षसम्म सडक बिग्रेमा त्यसको मर्मस सम्भार गर्नुपर्ने सर्त राखिएको निर्देशनालयका उपआयोजना निर्देशक सुरेश पौडेलले बताए । ‘सडक निर्माण गरेर मात्र ठेकेदारको काम सकिँदैन । पाँच वर्षसम्म सडक मर्मत पनि गर्नुपर्छ’, पौडेलले भने । सडक निर्माणका लागि आव्हान गरिएको बोलपत्र अनुसार एक वर्षसम्मको डिफेक्ट लाएबिलिटी पिरियड (डीएलपी) पनि  छ । यो अवधिमा सडकमा केही त्रुटि भए ठेकेदारले आफ्नै खर्चमा बनाउनुपर्छ । त्यसपछिको ५ वर्षको पर्फर्मेन्स बेस मेन्टेनेन्स कन्ट्र्याक्ट (पीबीएमसी) राखिएको छ । ठेक्का जारिगर्दा पीबीएमसीको लागि पनि रकमको व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार पहिलो पटक नेपालमा सडक निर्माण गर्न लागिएको हो । अन्य विकसित मुलुकमा यस्तै व्यवस्था अनुसार सडक निर्माण गर्ने भएकाले त्यहाँका सडक स्तरिय हुने गरेको पौडेलको दाबी छ । 

‘पीबीएमसी अन्तर्गत सडक निर्माण गर्नुपर्ने भएकाले ठेकेदार कम्पनीले सडक निर्माणका लागि आफ्नो छुट्टै वेस क्याम बनाउनुपर्छ’, उनले भने, ‘सडकमा खराबी आए त्यही वेस क्याममा राखिएको उपकरणबाट  मर्मत सम्भार गर्नुपर्छ ।’ हाल दुई लेनमा रहेको नारायणगढ–बुटबल सडक खण्ड चारलेनमा विस्तार गर्न चीनको कम्पनीसँग पुस ३ गते ठेक्का सम्झौता भइसकेको छ । एक सय १३ किलोमिटर खण्ड दुई प्याकेजमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो ।  नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर यी दुई खण्डमै चीनको कम्पनीले न्यून अंक कबुल गरेर ठेक्का हात पारेको थियो । कम्पनी नारयाणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ब्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ भ्याट सहित कबुल गरेको हो ।

यो सडक विस्तारका लागि एडीबीको ऋण सहयोग गरेको छ । एडीबीले १८ करोड अमेरिकी डलर ऋण उपलब्ध गराइसकेको छ । अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ । एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved