सरकारको रवैयाले विकास निर्माणका कार्य ढिला: ठेकेदार सांसद लामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 12:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा सांसद जीपछिरिङ लामाले विकास निर्माणको कार्य ढिलो हुनेमा ठेकेदार मात्र जिम्मेवार नुहुने बताएका छन। राष्ट्रिय सतर्कता केन्द्रसँग राष्ट्रिय गौरवको आयोजनका विषयमा मंगलबार गरिएको छलफलमा लामाले य्स्तो बताएका हुन।

‘ठेकेदारलाई एउटा कामको मात्र अख्तियारी दिएको हुन्छन्’, लामाले भने, ‘ साइट क्लियर भएको ठाउँमा मात्र ठेकेदारले समयमा काम गर्न सक्छन्, रुख काट्ने, घर टहरा हटाउने, मुआव्जा वितरण, खानेपानीको पाइप तथा सडकको पोल व्यवस्थित गर्ने जिम्मा नियामक निकायको हो।'

नियामकले आफुले गर्नुपर्ने काम समयमै नगर्दा ठेकेदारले समयमै काम गर्न नसकेको सांसद लामाले बताए। ‘निर्माण क्षेत्रमा एउटा रुख काट्न पनि मन्त्रिपरिषद्को निर्णय गर्नुपर्छ, पहुँच हुनेले ६ महिनामा निर्णय गराउँछन, सामान्य ठेकेदारका लागि २÷३ वर्षको समय लाग्छ’, उनले भने । 

सरकारी निकायको रवैयाका कारण आयोजना ढिला हुने भएपनि त्यसको दोष ठेकेदारलाई लगाइने भन्दै उनले असन्तुष्टि पोखे। विकास निर्माणका आयोजना बोलपत्र प्रक्रिया अघि बढाउनु अघि नै साइटक्लियर गर्ने हो भने ठेकेदारले समयमै काम सम्पन्न गर्ने उनको दाबी छ । 

नेपाली कांग्रेसको आदिबासी जनजातिको कोटामा परेका लामा समानुपातिकतर्फका सांसद हुन।  उनी दोलाखाका ठेकेदार तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved