कैलाश बिकास बैंक र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौताअनुसार ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्नेछ।
हाल बैंकले आफ्ना ८२ वटा शाखा कार्यालय र ३१ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ। निकट भविष्यमा नै बैंकले काठमाडौंका ७ स्थान तथा देशका अन्य ठाउँहरुमा समेत शाखा कार्यालय स्थापना गर्ने बैंकले जनाएको छ।