साढे ३ करोडमा काठमाडौंका सडक चिल्ला पारिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 08:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंका १२ स्थानका सडक पिच हुने भएका छन् । सडक डिभिजन कार्यालय काठमाडौंले १२ स्थानका सडक पिच गर्ने भएको हो । यसका लागि डिभिजन कार्यालयले ठेक्काआह्वान गरिसकेको छ ।  डिभिजन कार्यालय प्रमुख कैलाश कुमार श्रेष्ठले काठमाडौंको सडकको अवस्था सुधार गर्न ठेक्का निकालिएको जानकारी दिए । 

यो सडक पिच गर्न तीन करोड ६१ लाख ६३ हजार रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सडकलाई तीन तहमा छुट्याइएर पिच गर्न लागिएको हो । विशेष, आम्सिक र पटकेमा सडकलाई छुट्याएर ठेक्का निकालिएको छ । डिभिजनले माघ ८ गते सडक मर्मत गर्न बोलपत्र आवह्वान गरेको हो । सडक मर्मत गर्न इच्छा जाहेर गर्ने निर्माण व्यवसायीलाई डिभिजनले एक महिनाको समय दिएको छ । फागुन ९ गतेभित्रमा व्यवसायीले आवेदन दिन पाउने छन् ।  डिभिजनका हाल पाँच इन्जिनियर कार्यरत छन् । पाँच जना इन्जिनियरलाई सेक्टर ए, सेक्टर बी, सेक्टर सी, सेक्टर डी र सेक्टर ई नामाकरण गरि सडकको जिम्मा दिइएको छ । इन्जिनिएरको कार्यक्षेत्रमा परेको सेक्टरको सडकलाई आवश्यकता अनुसार ठेकेदारबाट मर्मत संभार गराउनुपर्ने छ ।  यसका लागि ८३ लाख ९६ हजार रुपैयाँ लग्ने विभागले प्रारम्भिक अनुमान गरेको छ । 

यस्तै आवधिकमा तीन वटा सडक छ । यसमा एक करोड नौ लाख ५८ हजार रुपैयाँ खर्च हुनेछ । तीनकुनेको दक्षिणतर्फको सडक आवधिक मर्मत गर्न २९ लाख रुपैयाँ लाग्नेछ । कमलादी सडक ४३ लाख ८१ हजार रुपैयाँ र कमलादी–दरवारमार्ग सडक ३६ लाख ६८  हजार रुपैयाँ अनुमान गरिएको डिभिजनले जानकारी दिएको छ ।

साथै विशेष मर्मत गर्न तीन वटा प्याकेजमा ठेक्का निकालिएको छ । यसका लागि एक करोड ६८ लाख रुपैयाँ लागत लाग्ने डिभिजनले प्रारम्भिक अनुमान गरेको छ ।  डिभिजिनले स्वयम्वु भगवानपाउ, ताहचल छाउनी र त्यस आसपासको सडक मर्मत गर्न ८४ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस्तै बासबारी–बुढानिलकण्ढ–हात्तीगौडा सडक ४१ लाख ९६ हजार रुपैयाँ लाग्ने जनाइएको छ । साँखु–जर्सिङपौवा–भोटेचौर सडक ४२ लाख १० हजार रुपैयाँमा मर्मत गरिने छ । डिभिजनले यी सडक चालु आर्थिक वर्ष भित्रमै पिच गर्ने योजना बनाएको छ । सडकका खाल्टा खुल्टी नपुरिदा काठमाडौंबासी धूलोमा यात्रा गर्न बाध्य हुनेगरेका छन् । सडक पिच भएसँगै सहरबासी धूलोको चेपुवाबाट मुक्त हुने डिभिजनको अनुमान छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved