चीनद्धारा कोटेश्वर कलंकी सडक नेपाललाई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 01:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्म ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरी सोमबार नेपाललाई हस्तान्तरण गरेको हो ।

ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरे । उक्त सडक विस्तारमा चीनले ५ अर्ब अनुदान सहायता दिएको थियो ।

प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेको भन्दै चीनलाई धन्यवाद दिँदै नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गरे । उनले नेपालाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको बताए । नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए ।

काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको हो । विस्तार भएको यो सडक खण्ड आधुनिक देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved