अहिलेकै अवस्थामा कोटेश्वर–कलंकी सडकमा अधिक दुर्घटनाको सम्भावना

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 28, 2019 | 11:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चक्रपथको कोटेश्वर–कलंकी सडक खण्ड चिल्लो र आकर्षण छ । हेर्दा विकशित मुलुकको सडक जस्तै छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा दुई लेनको सडकलाई आठ लेनमा विस्तार गरिएको हो । चीनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सडक हस्तान्तरण गरेको हो । चीनले जिम्मा परेको काम सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको हो । 

कोटेश्वर–कलंकी सडक १०.३९ किलोमिटर छ । सडक घना बस्तीको बिचमा छ । प्रमुख सडक, सहायक सडक, सर्भिस लेन लगायतको संरचना गरि सडकको चौडाइ ५० मिटर छ । पैदल यात्रीका लागि सडक पार गर्न भने जम्मा तीन वटा मात्र आकाशे पुल छ । आकाशे पुलबाट सडक काट्ने हो भने करिब तीन किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । यसले गर्दा सडक दुर्घटना हुने सम्भावना अधिक छ । पैदल यात्रीलाई सहज रुपमा बाटो काटाउन चक्रपथ विस्तार आयोजनाले थप ६ स्थानमा आकाशे पुल निर्माण गर्दैछ । ९ वटा आकाशे पुल निर्माण हुँदा करिब एक किलोमिटरको दुरीबाट बाटो काट्न सकिन्छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना, महालक्ष्मी स्थान, सानेपा र बल्खुलमा नेपालले आकाशे पुल निर्माण गरिनेछ । चीनले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकशे पुल निर्माण गरेको छ । 

घना जनसंख्या भएको बस्तिको बिचमा निर्माण गरिएको सडकमा पैदल यात्रीका लागि प्रर्याप्त सुविधा नभएको भन्दै सडक निमार्णको क्रममा यसको डिजाइनको विरोध पनि हुँदै आएको थियो । अब यो सडक नेपाल सरकारको मातहतमा आइसकेको छ । सडकलाई सुरक्षित बनाउने दायित्व सरकारको हो । पदैल यात्रीको चाप हुने स्थानमा आवश्यक मात्रमा ट्राफिक लाइट र जेब्राक्रस निर्माण गर्नुपर्ने हुन्छ । साथै कोटेश्वर–सुर्यविनायक सडक खण्डमा जस्तै पैदलयात्रीलाई जथाभावी रोड काट्न नदिन बार निर्माण गर्न सकिन्छ । 

यस्तै सडक विस्तारको क्रममा हरियालीका लागि खाली ठाउँ पनि छोडिएका छन् । ती स्थानबाट माटो सडकमा आइरहेका छन् । यसले सडकको सौन्दर्यतामा ह्रास पुर्याएको छ । यसलाई रोक्न त्यस्ता ठाउँमा आवश्यक बोट विरुवा रोपेर हरियालीका साथै सडको सौन्दर्य  बचाउन सकिन्छ । साथै सवारी दुर्घना रोक्न सवारीको अधिकतम गतिको सिमा तोक्न सकिन्छ । निश्चित सिमाभन्दा तिब्रगतिमा सवारी गुढाउनेलाई उचित कारबाही गरेर सडक दुर्घटना रोक्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved