स्याफ्रबेसी–रसुवागढी सडक चीनले बनाइदिने

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 31, 2019 | 12:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी नाका जोड्नेगरी  स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा स्याफ्रुबेसी–सुवागढी सडकको स्तरोन्नति गर्न लागिएको हो । 

सडक खण्ड १६ किलोमिटर लामो छ । साँघुरो तथा जटिल भुगोल भएकाले स्तरोन्नतिको काममा चीनले सहयोग गरेको हो । विभागले हाल सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गरिरहेको छ । यो काम सकिएलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्ने सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले बताए । जटिल भौगोलिक संरचना भएकाले यो सडक स्तरोन्नति गर्न चीनले तीन वर्षको समय माग गरेको छ । ‘यो चीनको अनुदानमाम निर्माण हुने हो । घर, जग्गाको मुआब्जा नेपालले तिर्नुपर्छ’, शर्माले भने, ‘सडक निर्माणमा लाग्ने खर्च चीनको हुन्छ ।’

चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सडक विभागले स्वीकृत गरेसँगै निर्माण प्रक्रिया अघि बढेको हो । एउटा गाडी पनि सहज रुपमा चल्न मुस्किल हुने सडकलाई दुई लेनमा विस्तार गरिनेछ । 

मैलुङदेखि स्याफ्रुबेसी जोड्ने सडक नेपाली सेनाले ट्याक खोलिसकेको छ । १७ किलोमिटर सडकलाई विस्तार गर्न बाँकी छ ।  यो सडक पनि दुईलेनमा विस्तार गरिने छ । यो खण्डको स्तरोन्नतिसँगै नेपाल र चीनको सिमा रसुवागढी नाका पुग्न सहज किसिमको मार्ग तयार हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved