खानेपानीको समस्या समाधान गर्न फिनल्याण्ड तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 07:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने भएको छ। खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच आज मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा यससम्बन्धि कुराकानी भएको जनाइएको छ। 

भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताए। घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताए।  

ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाई छ । भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताइन। उनले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पु-याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गरे। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved