भारतको सिमा क्षेत्र छल्न कोशी नदीमा ४ किलोमिटरको पुल

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Feb 12, 2019 | 09:09:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी नदीमा चार किलोमिटर लामो पुल निर्माण गरिने भएको छ । भारतको सिमा क्षेत्रमा अवस्थित कोशी ब्यारेज छल्न नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक सौरभ बज्रचार्यले हाल सञ्चालनमा रहेको कोशी ब्यारेजको पुल जिर्ण भइसकेको र भारतको सिमा क्षेत्रमा पर्ने भएकाले नयाँ पुल बनाउन लागिएको बताए ।

यसका लागि पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको सुनसरीको पकलीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक खण्डको रेखांकन परिवर्तन गरिनेछ । यो खण्डमा पर्ने कोशी नदीमा चार किलोमिटर लामो पुल आवश्यक हुनेछ ।

हाल सञ्चालनमा रहेको कोशी व्यारेजको पुलको आयु समाप्त भइसकेको छ । त्यस समय पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल निर्माण भएको ५७ वर्ष पुरा भइसकेको छ । सन् १९६२ मा कोलकताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोशी ब्यारेज निर्माण गरेको थियो ।

‘कोशी व्यारेज नेपाल भारतको सिमा क्षेत्रमा पर्छ । पुलको आयु समाप्त भइसकेको छ’, बज्रचार्यले भने, ‘तत्काल नयाँ विकल्प नखोज्दा जोखिम बढ्दै जान्छ ।’ सिमा क्षेत्र छल्न पनि नयाँ सडक निर्माण गरेर अघि बढ्न आवश्यक भएको उनको भनाइ छ ।

हाल सञ्चालनमा रहेको कोशी व्यारेज नदीको बाहान रोक्न निर्माण भएको हो । ब्यारेजको कारण नेपाल तर्फको भूभागमा पानीको ठूलो ताल (पानी) बनेको छ ।  कोशी नदीमा आउने बाढीको प्रभाव पनि यही क्षेत्रमा धेरै पर्ने गर्छ ।

निर्देशनालयले कोशी व्यारेज छल्न चार लेनको नयाँ सडक प्रस्ताव गरेको छ । कोरियन परामर्शदाता केइसीसीले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार सडकको लम्बाई ३८.३ किलोमिटर हुनेछ । प्रारम्भिक प्रतिवेदन अनुसार सडक निर्माण गर्न ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पुलका निर्माण गर्न मात्रै १० अर्बभन्दा धेरै लाग्ने उनको भनाइ छ । 

फाइल फोटो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved