पञ्चासे केवलकार निर्माण चरणमा प्रवेश, सर्वसाधारणलाई २५ लाखसम्मको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 08:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ । पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । 

पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबलकार रु ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको हो । उक्त केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ । ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर’ केबलकार निर्माणका लागि सरकारसँग करीब तीन हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए  निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ । उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिनेछ । 

उक्त परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । पञ्चासे तालदेखि चित्रे गाउँसम्म जीप फ्लायर, पञ्चासे घुम्ने पदयात्रा मार्ग, बाल उद्यान एवं फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला विक्री केन्द्र एवं हेरिटेज प्लाजासहित होटल, रिसोर्ट, मदिरा क्षेत्र तथा घरवास तयार गरिने परियोजनाको लक्ष्य छ । 

पूँजीको व्यवस्थापनमा प्रवद्र्धक शेयर रु तीन अर्ब रुपैयाँ रहनेछ । सर्वसाधारणले न्यूनतम रु एक लाखदेखि अधिकतम २५ लाखसम्म शेयर हाल्न पाउने भएका छन् । शेयरलाई पनि विभिन्न विधामा वर्गीकरण गरिएको छ । परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved