टुङ्गो लाग्यो रानीपोखरी पुननिर्माणको मोडालिटी, भूमिगत पानी नआउने भएपछि मेलम्ची जोडिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 02:21:26 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुङ्गो लगाएको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिकाले पुननिर्माण गर्ने बहस भएपनि ३ वर्षसम्म काम हुन नसकेपछि अहिले प्राधिकरणले रानीपोखरी पुननिर्माण गर्ने भएको हो । भूकम्पको ३ वर्षपछि यसको मोडालिटि टुंगो लागेको हो ।

प्राचिन मल्लकालीन शैलीमा निर्माण गर्ने सहमति भएको रानीपोखरीको ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माण मोडालिटी तय गरिएको बताईएको छ । अहिले पोखरी उम्रिएको घाँस काटेर एक फिट तलसम्म खनिने छ । पोखरीको डिल पुरानै माटोले बनाउने प्राधिकरणको तयारी छ । विगतमा महानगरपालिकाले रिटेनिङ वाल र आरसीसी वाल लगाएर बिगारेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाउने प्राधिकरणले जानकारी दिएको छ ।

पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखेर बाहिरबाट माअप्पाले मोडी सिँढीहरु बनाइनेछ । पोखरीको पूर्वतर्फ एउटा बोरिङ राखेर ठाउँठाउँमा आकाशे पानी जम्मा गर्ने भाँडो राखिनेछ ।

प्राधिकरणले रानीपोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनसँग जोड्ने विकल्प पनि खुला राख्ने निश्कर्ष निकालेको छ । पहिलेजस्तो गरी रानीपोखरीमा भूमिगत पानी निस्किने सम्भावना नभएपछि यस्तो विकल्प निकालिएको बताईएको छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माणको मोडालिटी पनि प्राधिकरणले टुंगो लगाएको छ । पुलको निर्माण गर्दा जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँटा प्रयोग गर्ने प्राधिकरणको निर्णय छ । प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले यसै महिनाभित्र रानीपोखरीको पुनर्निर्माणका लागि बोलपत्र आहृवान गरिने जानकारी दिए ।

गत १४ माघमा बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरीको पुनर्निर्माण जिम्मा काठमाडौं महानगरपालिबाट खोसेर प्राधिकरणलाई दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved