५ नगरपालिकामा शहरी खानेपानी कार्यक्रम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 05:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी तथा ढल निकास विभागले शहरी खानेपानी तथा सरसफाई कार्यक्रम सुरु गरेको छ । विभागले एशियाली विकास बैंकको अनुदान सहयोगमा ५ वटा नगरपालिकामा यो कार्यक्रम सुरु गरेको छ । विभागले आफ्नो पञ्चवर्षीय योजनामा पनि यो कार्यक्रम समावेश गरेको थियो । पहिलो वर्षमा ८ देखि १० वटा योजना सुरु गर्ने तयारी थालेको विभागले आगामी वर्षमा पनि सोही संख्यामा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । 

सहरिकरण बढ्दै गएका दोलखाको भिमेश्वर नगरपालिका, इलामको इलाम नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र खोटाङको दिक्तेल नगरपालिकाबाट काम सुरु भएको छ । आयोजना सुरु भएका नगरपालिकामा विभागले उपभोक्ता समिति गठन गरेको छ । 

खानेपानी तथा ढल निकास बिभागले ठेक्का प्रक्रिया सुरु सकेपछि उपभोक्ता समितिलाई नगरपालिकाको रोहबरमा बिभागले ७० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदछ । नगर बिकास कोषले उपभोक्ता समितिलाई २५ प्रतिशत रकम ५ प्रतिशत ब्याजदरमा प्रदान गर्नेछ । उक्त रकम भने समितिले २० बर्षमा चुक्ता गर्नुपर्ने प्रावधान छ । 

काम सुरु भएका आयोजनान मध्ये ५ वटाको निर्माण सुरु भईसकेको छ भने २ वटाको बोलपत्र सम्पन्न भएको छ । अन्य २ वटाको डिपिआर सकिएको नगर विकास कोषले जनाएको छ । आयोजनाका लागी सरकारले ७० प्रतिशत, नगर बिकाष कोषले २५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ । यो कार्यक्रमका लागी एशियाली विकास बैंकले १.७८ मिलियन डलर अनुदान सहयोग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved