अन्तिम चरणमा कान्ति लोकपथ, असोजदेखी गाडी गुड्ने

दिलिप खड्का

दिलिप खड्का

Apr 24, 2019 | 01:44:38 PM मा प्रकाशित

laxmi  sunrise bank

६ दशक अघि निर्माण सुरु भएको कान्ति लोकपथ आगामी असोज देखि सञ्चालनमा आउने भएको छ । गत आर्थिक बर्ष देखिनै सञ्चालनमा आउने भनिएपनि सडकको केहि भाग फराकिलो बनाउने काम बाँकी भएकोले आयोजना केहि महिना पर धकेलिएको हो । 

कान्ति लोकपथ ललितपुरको टिकाभैरवदेखी मकवानपुरको बुद्धचोकसम्म जम्मा ७९ किलोमिटर लामो छ । अहिलेसम्म ३३ किलोमिटर भाग कालोपत्रे सकिएको आयोजनाले जनाएको छ । मकवानापुरतर्फको २५  किलोमिटर र ललितपुरतर्फको ८ किमि भाग कालोपत्र सकिएको छ । 

बाकिँ रहेको ४६ किलोमिटर खण्डमा पनि ग्राभेल भैसकेको छ । ललितपुरको सातदोबाटो देखि टिकाभैरबसम्मको ११  किलोमिटर सडक डिभिजन सडक कार्यालय र उपत्यका सडक विस्तार आयोजना मार्फत स्तरोन्नति भईरहेको छ । 

आयोजनाको बिभिन्न ठाउँमा करिब ६  किलोमिटर कडा चट्टान भएकोले निर्माणमा ढिलाई भएको हो । कडा चट्टानहरु मुख्य चुनौतिका रुपमा रहेकाले विस्फोटक पर्दाथ प्रयोग गरेर चट्टान फोर्न वा कटिङ गर्न आयोजनाले नयाँ ठेक्का दिएको छ । चटटन फोर्न नेपाली सेनाले आवश्यक विस्फोटक पदार्थ दिने भनिएपनि अन्तिम समयमा आएर दिएन । सेनाले विस्फोटक पदार्थ नदिएपछि आयोजनाले ठेकेदारहरुलाइ कटिङ गरेर भएपनि काम सक्न निर्देशन दिएको छ । 

निर्माणको क्रममा रहेको र जसरी पनि दशैँअगावै सञ्चालनमा ल्याउने लक्ष्य लिईएको यो सडकको चौडाई ८ मिटर छ । जसमा ७ मिटर कालोपत्रे गरिदैँछ । सडकमा  उच्च भार बहन क्षमताको ५ सेन्टिमिटर उचाइको पीच गरिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखी बहुबर्षिय ठेक्का प्रणाली अन्तर्गत कन्टेक बानिँया जेभि, श्रेष्ठ मोतिदान बानिँया जेभि, कञ्चनजंगा गोल्डेन गुड जेभि, अमर कन्ट्रक्सन प्रा लि, दिवा एम के हनुमान जेभि, दिवा हनुमान कन्स्ट्रक्सन, एसबिए निर्माण सेवा, गोल्डेन गुड पिएस जेभि र बिरुवा एसएल सुनकोशि जेभिलाई ठेक्का दिईएको थियो । सडक ग्राभेलिङ, कालोपत्रे, नालि निर्माणको काम यी कम्पनीले गरिरहेका छन् । 

कति सकियो काम ?

आयोजना अन्तर्गत चुच्चे खोला जितपुर सडकखण्डको कालोपत्रको काम ९५ प्रतिशत सकिएको छ । जीतपुरदेखी सिमत घुम्ति सम्मको खण्डमा ६० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सिमत घुम्तिदेखि आलेभन्ज्याङ खण्डमा ५० प्रतिशत, आलेभन्ज्याङ देखि बगुवासम्म ६० प्रतिशत, बगुवादेखी कल्चेसम्म ८० प्रतिशत, कल्चेदेखी देविसाँधसम्म ५० प्रतिशत, देविसाँधदेखी तिनपानेसम्म ६५ प्रतिशत र तिनपानेदेखी  टिकाभैरवसम्म ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

बिस २०१३ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेपछि कान्ति राजपथ निर्माण सुरु गरिएको थियो । २०६५ सालपछि सरकारले हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरिको  बैकल्पिक मार्गको रुपमा कान्ति लोकपथ आयोजनालाइ अघि बढाएको हो । आयोजनाको कुल लागत ३ अर्ब ३५ करोड मध्ये हालसम्म २ अर्ब १५ करोड रकम खर्च भइसकेको आयोजनाका सुचना अधिकारि इ. अमिन्द्र खड्काले जानकारी दिए । 

लोकमार्ग सन्चालनमा आएपछि  मकवानपुरको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको दुरी ३ घण्टामै पार गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved