अस्पताल निर्माण गर्ने योजनामा ललितपुर महानगरपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 01:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने भएको छ । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएकाले अस्पताल निर्माण गर्न लागेको महानगरपालिकाको भनाई छ । 

अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वडा नं २७ ‘साविक सुनाकोठी गाविस’ मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । उक्त स्थानमा १७ रोजनी जग्गा खाली भएकाले अस्पताल निर्माणको लागी सम्भाव्यता रहेको उनको भनाई छ ।  । 

ललितपुर उपमहानगरपालिकाको रुपमा स्थापित भएपनि  सरकारी अस्पताल भने निर्माण हुन सकेो थिएन । जसकारण नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो । महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved