पप्पुको पुलमा पुग्यो संसदीय समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 06:03:37 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास निर्माणको स्थलगत अनुगमन गर्न संसदको विकास तथा प्रविधि समिति फिल्डमा निस्किएको छ । समितिले आज तीनकुनेको बाग्मती नदी माथि निर्माण भइरहँदा रोकिएको पुलको निरीक्षण गरेको छ । निलम्बित सांसद हरिनारायण रौनियार मालिक रहेको पप्पु कन्स्ट्रक्सनले बनाइरहेको यो पुलमा प्राविधिक गडबडी भएको भन्दै सडक विभागले निर्माण रोकेको छ ।

डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण करिब ५ महिनादेखि रोकिएको छ । निरीक्षणका क्रममा निलम्बित सांसद तथा पप्पुका सञ्चालक सुमित रौनियारका बाबु हरिनारायण रौनियार पुगेका थिए । उनी संघय सांसदको लोगो लगाएरै निर्माणस्थलमा पुगेका थिए ।

समितिले यो पुलको निर्माण तत्काल अघि नबढाउन काठमाडौं सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ । पुल निर्माणमा कसको लापरवाही हो भन्नेबारे समितिले छानविन गर्ने भएको छ ।

कम्पनीले भने मापदण्ड अनुसार नै पुल बनाइएको दावी गर्दै आएको छ । पप्पुले टेकुमा विष्णुमतीमा बनाएको पुल पनि निर्माण नसकिँदै भत्काउनुपर्ने ठहर भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved