स्थानीयको अवरोधपछि धरहरा निर्माणको काम अवरुद्ध

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2019 | 02:44:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीयले अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने माग पूरा नभएको भन्दै स्थानीयले शुक्रबार निर्माण स्थलमा अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको हो ।

धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार स्थानीयका अवरोधका कारण काम रोकिएको छ । आयोजनाको करिब १३ प्रतिशत काम सकिएको उनको भनाई छ । 

स्थानीयले ६ महिनादेखि आवात–जावत सहज बनाउन पैदलमार्ग खुला गर्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले धरहरा बनाउँदा ऐतिहासिक सम्पदा सुन्धारालाई वेवास्ता नगर्न पनि माग गर्दै आएका छन् । धराहरा निर्माण समितिले भने धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved