पुर्वाधार विकासको लागि १३७ अर्ब बजेट, यस्ता छन प्राथमिकता प्राप्त आयोजना

विजय पराजुली

विजय पराजुली

May 27, 2019 | 05:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक बर्षको लागि भौतिक पुर्वाधारको क्षेत्रमा करिब १ खर्ब ३७ अर्ब बजेट विनीयोजन गर्ने तयारी गरेको छ । सरकारले निर्माणाधिन आयोजना तथा केही नयाँ आयोजलाई समेत समावेश गर्ने गरी १३७ अर्ब बराबरको बजेट बिनियोजनको गर्ने तयारी गरेको हो ।

विनियोजित बजेट मध्ये करिब ९५ अर्ब पूँजीगत र बाँकी चालु खर्चको लागि आउने सम्भावना रहेको छ । पुर्वाधार क्षेत्रमा राष्ट्रिय गौरवका ७ वटा आयोजना सहीत केही नयाँ आयोजना थप गरेर करिब २० वटा आयोजना प्राथमिकतामा रहेको बताइन्छ । प्राथमीकतामा परेको नयाँ आयोजनामा विभिन्न लोकमार्ग सहरी विकास कोरिडोर तथा सिमा संग जोडीएका केही कोरिडोरहरु रहेको छन् ।

पहीचानको चरणमा रहेका र पुर्वतयारीको काम सम्पन्न गरी कार्यन्वयनको चरणमा रहेका आयोजना समाबेश हुने स्रोतले जनाएको छ । त्यस्तै बहुवर्षिय ठेक्का सम्झौतको प्रक्रियामा रहेका आयोजनालाई प्राथमिकता राखिएको छ । त्यस्तै भौतिक पुर्वाधारको क्षेत्रमा अहीले रहेका संरचनाको स्तरोन्तति पनि रहेको् बताईन्छ । मुग्लीन काठमाडौँ सडक, भालुवाङ दाङ सडक, मुग्लीन पोखरा सडक, बुटवल नारायणगढ सडक लगायतका सडकको स्तरउन्नति पाथमिकता रहेको छ । त्यस्तै केरुङ काडमाडौं सडक, कालिगण्डकी कोरिडोर, कोशि कोरिडोर, कोरला नाका कर्णाली कोरिडोर पनि सरकारको प्राथमिकतमा रहेको छ । काठमाडौँ उपत्यका भित्र विस्तारको क्रममा रहेका आयोजनालाई पनि बजेट बिनियोजन हुने छ ।

केही आयोजनहरुलाई आगामी बजेटले नै आवाश्यक बजेट छुट्याउने सधावना रहेको छ भने केही आयोजनालाई बहुवर्षिय आयोजनको रुपमा बजेट जिनियोजन गर्ने तयारी सरकारको छ । यसमध्ये सरकारको पहिलो प्राथमीकता भने केरुङ काठमाडौँ सडक रहने सम्भावना छ ।

यस्तै निर्माणाधीन आयोजनको लागि आवश्यक बजेट पनि विनियोजन गर्ने तयारी सरकारको छ । त्यसमा काठमाडौँ निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, एशियन राजमार्गको रुपमा हेरीएको पुर्वपश्मि लोकमार्ग पनि रहने देखिन्छ । यस्तै नागढुङ्गा नौविसे सुरुङार्ग पनि सरकाको प्राथीकतामा रहेको देखिन्छ । उक्त सुरुङ मार्गको लागि जाईका सँग सम्झौता भइसकेकोले आगामी आर्थिक वर्षबाट निमार्ण सुरु गर्ने तयारी सरकारको छ । अन्य सुरुङमार्ग भने अध्ययनको चरणमा रहेकोले अध्ययनको लागि मात्र आवाश्यक बजेट विनियोजन हुने सभावना रहेको स्रोतको भनाई छ ।

यस्तै पुर्वाधार निमार्णमा काम गर्ने कर्मचारीको क्षमता अभिवृद्धिको लागि इन्जिनीयरीङ स्टाफ कलेजको लागि पनि बजेट विनियोजन गर्ने सम्भावना रहेको छ । उक्त कलेजको सम्पुर्ण अध्ययन पुरा भइसकेको छ ।

रेलमार्गमा भने अहीलको बजेटले खासै स्थान पाउने सम्भावना नरहेको बताईन्छ । प्रस्तावित रेलमार्ग प्रारम्भिक चरणमा रहेकोले यसमा बजेटले स्थान नपाउने स्रोतको दावि छ ।

यस्तै बजेटले सहरी कोरिडोर विकास योजना(मेगा सिटि) को केही कार्यक्रम पनि समावेश गर्ने सभावना रहेको छ । बुटवल भैरहवा लुम्बीनी तौलिहवा कोरिडोर र विराटनगर,इनरुवा, इटहरी, धरान कोरिडोरको अध्ययन सम्पन्न भएको र कार्यन्वयनको पर्खाइमा रहेकोले यसमा बजेटले सम्बोधन गर्ने स्रोतले बताएको छ । यस्तै लम्की, अत्तरीया, महेन्द्रनगर कोरिडोर ,जुना, कोहल्पुर, सुर्खेत कोरिडोर पोखरा कोरिडोर पनि मेगा सिटिको लागि अध्ययन अगाडी बढ्ने सम्भावन रहेको बताइएको छ ।

जलमार्गको लागि दोलालघाटमा जेटबोट संचालनको लागि पनि बजेट विनियोजन गर्ने तयारी सरकारको रहको छ । यस्तै भेरी बबई डाइभर्सनबाट उत्साहीत भएको सरकाले नयाँ डाईभर्सनको अध्यनको साथै केही कार्यन्वयन गर्ने सम्भावना पनि रहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved