नेपाललाई थर्काएर जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 03:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङको सिस्नेदेखि काठमाडौंको सतुंगल सम्मको नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा÷आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम सुरु गरिने बताईएको छ । 

ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए । तर, जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो । तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था गरेको छ । तर सुरुङमार्ग निर्माणको दाताले नै कम कबोल गर्ने चिनिया कम्पनीलाई काम गर्न नदिन भनेपछि नेपाललाई सकस भएको थियो । 

अन्तिममा हाज्मासँग वार्तामार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा सुरुङमार्गको ठेक्का दिने सहमति भएको हो । अब हाज्माले यसअघि कबोल गरेको भन्दा ७० करोड रुपैयाँमा काम गर्नेछ । जाइकाले जापानी कम्पनीले ठेक्का नपाए नेपाललाई दिँईदै आएको सहयोग नै कटौति गर्ने चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो । 

विष्फोटक पदार्थ प्रयोग गरेर यो सुरुङमार्ग निर्माण गरिने छ । हाज्मा काटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने र बिपी राजमार्गको निर्माण गरेको हो । 

यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने भएको हो । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved