ʽनो वर्क नो पेʼ अवधारणाको बिरोधमा जिफन्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 05:38:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले 'नो वर्क नो पे' अवधारणाको बिरोध गरेको छ। आफुहरु लगानीको बिरोधि नभएको बताउदै मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा ʽनो वर्क नो पेʼ ʽनो वर्क नो पेʼ चिन्ताको विषय बनेको (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले बताए।

ʽकाम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ʽनो वर्क नो पेʼ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । ʽनो वर्क नो पेʼ भनेको श्रम गर्ने श्रमिकको अपमान हो । ʼ उनले भने ।

कारखाना बन्द भयो भने श्रमिकले तलब नलिगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको आरोप लगाउदै अध्यक्ष रिमालले व्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत रहेको बताए।'हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् ।'

कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले इमान्दारीपूर्वक श्रमिकवर्गको हितमा सबैलाई एकजुट हुन आग्रह गरे। 

 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved