कसरी बन्यो रोल्पा मासुमा आत्मनिर्भर ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2016 | 07:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ। कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। 

जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए। उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको बताइएको छ । 

खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्याङ्क कार्यालयमा नभएको सिंहले जानकारी दिए। 
 
जिल्लामा व्यावसायिक बाख्रापालन कृषकको सङ्ख्या समेत बढ्न थालेको बताइएको छ । हाल १०० भन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट हन्डर खाएका युवा सो व्यवसायमा लागेको बताइन्छ। 
 
हालसम्म जिल्लामा ६१ कुखुरापालन फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय रोल्पा तथ्याङ्कले देखाएको छ । यसैबीच उत्तरी रोल्पामा व्यावसायिक रुपमा भेंडापालन गरिँदै आएकामा पछिल्ला दिनमा त्यो सङ्ख्या भने घट्दै गएको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved