माटोसँग खेल्न जान्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 11:21:56 AM मा प्रकाशित

laxmi  sunrise bank

दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी उदाहरण बनेका छन्। जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनि यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्।

दुई दशकअघि लिएको पोखरा बजारमा रहेको घर जग्गा बिक्री गरेर आफ्नो निर्मलपोखरी गाविसस्थित जन्मघर फर्केका ६५ वर्षीय भण्डारी भन्छन्  – “घरछेउमा रहेको केराघारीबाट दैनिक एक दुई घरी केरा बिक्री गर्दै आएको छु । केराको प्रतिघरी रु ८०० देखि दुई हजारसम्म पर्ने गरेको छ ।”

उनि भन्छन् – “वार्षिक रु तीन लाखभन्दा बढी उत्पादन हुने सुन्तलाको बोट सुक्न थालेपछि सोही जमिनमा केराखेती विस्तार गर्दै आएको र अहिले सुन्तलाको विकल्प केरा राम्रो आम्दानीको स्रोत बनेको छ ।”

यातायातको असुविधाका कारण बारीमा उत्पादित अर्गानिक केरा डोकोमा बोकेर पोखराका बजारमा बिक्री गर्दै आउनुभएकी श्रीमती दुर्गामाया भण्डारी भन्छिन –  “बजारमा लगेको केरा बिक्री हुँदैन कि भन्नु पर्दैन ।” उनका अनुसार कुनै विषादी प्रयोग नगरी उत्पादित अर्गानिक केरा, अकबरे खुर्सानी, दूधजन्य पदार्थ तथा मौसमी र बेमौसमी तरकारी बिक्री गरेर मासिक रु एक लाख गाउँमा ल्याउने गरेकी छु ।

परम्परागत कृषिभन्दा आधुनिक र नयाँ नयाँ सम्भावनाको खोजी गर्दै आएका कृषक भण्डारीले ६ हजार बराबरको धान उत्पादन हुने चार आना जग्गामा रोपेको अकबरे खुर्सानीबाट यस वर्ष रु ४  लाखभन्दा बढी आम्दानी गरेको छ ।

घर नजिकै बारीको डिलमा पाँच वर्षअघि लगाएको सिम्रिक बिक्री गरी ५२ हजार आम्दानी गरेको उनले  बताए । आयुर्वेदिक महत्व बोकेको सिम्रिक विशेष गरी शरीर दुखेको र सड्के मर्केकोमा सेवन गर्ने गरिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved