रक स्टार्टले छनौट गर्यो सम्भावना बोकेका १० कम्पनी, यस्तो छ आगामी कार्यक्रम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 03:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्भावना बोकेका महत्वाकांक्षी तथा उदाउँदा कम्पनीहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउन बिशेष 'एक्सिलरेटर' कार्यक्रम चलाईरहेको 'रक स्टार्ट इम्प्याक्ट कम्पनी' ले यस बर्षको कार्यक्रमको लागि १० कम्पनी छनौट गरेको छ। यस बर्षको कार्यक्रममा सहभागिता जनाउन परेको १ सय ९७ कम्पनीको आवेदनबाट रक स्टार्टले १० कम्पनी छनौट गरेको हो । 

रक स्टार्ट इम्प्याक्टले छनौट भएका कम्पनीलाई कारोबार, पुंजी तथा ब्यापार बिस्तारका लागि सय दिने बिजनेश सपोर्ट कार्यक्रम (कोचिंङ) दिने छ । हरेक बर्ष १० कम्पनीलाई छनौट गरी सय दिने बिशेष (प्रेसर कुकर) कोचिंङ दिने गरेको रक स्टार्ट इम्प्याक्टले पछिल्ला २ बर्षमा पनि १०-१० गरी २० कम्पनीलाई बिशेष तालिम दिईसकेको छ।

रक स्टार्ट इम्प्याक्टले दिने १०० दिने बिजेनस सपोर्ट कार्यक्रमबाट रोजाईमा परेका १० कम्पनीहरुले पुंजी वृद्धि, कार्यक्षमता बिस्तारका लागी बिशेष सल्लाह सुझाव प्राप्त गर्दछन। दुई चरणको परीक्षापछि कम्पनीहरुलाई छनौट गरिएको रक स्टार्ट इम्प्याक्टका बजार अधिकृत कुमार महर्जनले बिजपाटीलाई जानकारी दिएका छन्।

यस १०० दिने बिजनेश सपोर्ट कार्यक्रममा व्यवसाय बिस्तार तथा ब्यापार योजनाका लागी दैनिक रुपमा सल्लाहकारबाट गहन सुझाब दिने तथा आफ्नो व्यवसायका लागि आवश्यक पुंजी संकलन गर्नका लागी ब्यवसायिक योजना प्रस्तुति गर्न बिशेष तालिम उपलब्ध गराउने लगायतका व्यवसायिक क्षमता अभिवृद्धिका कोचिंङ दिने जनाइएको छ। बिजनेश सपोर्ट कार्यक्रममाका साथै अन्तराष्ट्रिय लगानीकर्ता तथा सल्लाहकारहरुसंग छनौट भएका कम्पनीहरुलाई लिंक अप गराउने काम समेत रक स्टार्ट इम्प्याक्टले गर्दछ। रक स्टार्ट इम्प्याक्टले बहुबर्षीय, दिगोपन आयोजना बिकसित गर्ने उदेश्यले हरेक बर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

यस्ताछन् यस बर्षको लागि छनौट भएका १० कम्पनीहरु:

नेपाल थोपा सिंचाई प्रा.ली

रम्मिद अर्थ सोलुसन नेपाल

मुस नेपाल प्रालि

ग्लोबल केमिकल्स 

ग्रिन बम्बु क्रियसन

बेस्ट पानी

इन्भाइरोमेन्ट प्रोटेक्सन एण्ड अल्टरनेटिभ पावर डेभलपमेन्ट प्राली

नेशनल अर्गानिक्स

चेनलिंक इन्जिनियरिङ प्राली

आइसीटि फर एग्रिकल्चर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved