चन्द्रागिरि हिल्स विश्वकै लागि राम्रो पर्यटकीय गन्तव्य : अमेरिकन अर्थशास्त्री जेफ्री डी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 08:43:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. साच्सले चन्द्रागिरि हिल्स विश्वकै लागि राम्रो पर्यटकीय गन्तव्य भएको बताएका छन। 

आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता रुपमा चिनिने जेफ्रीले परिवार सहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमणका क्रममा चन्द्रागिरी हिल्सबारे यस्तो प्रतिक्रिया दिएका हुन। 

चन्द्रागिरी भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना ब्यक्तगर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको उनले बताएका छन। अनुपमप पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाललगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा उनले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद दिएका छन। ‘नेपाल र नेपालीको सुःख, शान्ति र समृद्विको पनि कामना गर्दछु' उनले भने। 

हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्सले संयुक्त राष्ट्र संघ ‘सह्रशताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकारका रुपमा समेत कामम गरेका थिए । साच्सले संयुक्त राष्ट्र संघका पुर्व महासचिव द्वय कोफीअन्नान र वानकिमुनको कार्यकालमा बिशेष सल्लहकारको जिम्मेवारी सम्हालेका थिए। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved